
तिन लाख घुस रकम सहित सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख पक्राउ
२१ माघ २०७६, मंगलवार २३:२३
२०७६।१०।२१ गते । सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज विन्दा साह भन्ने विनोद साहलाई सेवाग्राहीबाट रु. ३,००,०००।-(तीन लाख) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी समेतका काम गरिदिएबापत रु. ३,००,०००।– (तीन लाख) घुस/रिसवत लिएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज विन्दा साह भन्ने विनोद साहलाई बिगो रु. ३,००,०००।– कायम गरी भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बेहोरा सहितको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा अदुअआको आधिकारीक वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।