आफ्नो वाट्सएपलाई ह्याक हुनबाट कसरी जोगाउने


विश्वभरि सर्वाधिक चलाइएको संचार एपमा वाट्सएप अत्यन्त लोकप्रीय अनि करोडौं प्रयोगकर्ताहरुको प्रथम रोजाई बन्न सकेको छ । फेसबुक नेक्ससको उत्पादन वाट्सएपमा केहि समयअघि समस्या पनि आएको थियो, आजभोली इन्टरनेट सुरक्षा र गोपनियताको सवालमा सबै जना सजग हुन जरुरी रहन्छ, तसर्थ आउनुहोस् आज वाट्सएपलाई कसरी अरुको पहुँचबाट जोगाँउदै ह्याक हुन नदिने भन्ने तरिका पढ्नुहोस् ।

आफ्नो फोनको वाट्सएप खोलेर त्यसको सेटिगंमा गई क्लीक गर्नुहोला, त्यसपछि अकाउण्ट भन्ने अप्शनमा क्लीक गर्नुहोस् । त्यसपछि अप्शनमा दुई स्टेप भेरिफिकेशन आँउदछ, त्यसमा क्लीक गरिन जरुरी हुन्छ ।

यसपछि ६ वटा अकंको पीन जेनेरेट गरेर टाइप गर्नुहोला, यसो गर्दा त्यहाँ इमेल अप्शनमा आफ्नो व्यक्तिगत इमेल राख्न सकिनेछ । यति गरेपछि सेभ गरेमा वाट्सएप पूर्णत सुरक्षित मात्र हुँदैन कि बरु यहाँको वाट्सएप कसैले ह्याक गर्न नसक्ने अनि गोपनीय पनि बन्दछ ।

यस पीनलाई या दगर्न जरुरी हुन्छ किनभनें अन्य फोनबाट यहाँको वाट्सएप लगइन गर्दा भेरिफिकेशन एसएमएसका अलावा यस पीन पनि माग गरेपछि मात्र लग इन गर्न सकिने ब्यबस्था छ, यसो गर्दा यहाँको भेरिफिकेशन कोड अरुले पाएपनि पीन चाँही यहाँसंग मात्र भएकाले अरुले यहाँहरुको वाट्सएप ह्याक गर्न असंभव बन्दछ ।


Loading comments...