bandana nepal

बन्दनाले नाचेरै विश्व कृतिमान


नेपाली चेलीहरु देशको नाम उच्च बनाउनका लागि अब्बल हुँदै गएका छन । मिस वल्र्डको रेर्कडमा नाम लेखाउन श्रृंखला खतिवडा जर्मको गरिरहेकी छन भने महालक्ष्मी नगरपालिका–९ धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भइसकेकी छिन ।

शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य बुधवार साँझ ५ बजेसम्म नृत्य गरेकी छन ।

अहिलेसम्म गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिले सम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेर विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी थिइन । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

नृत्यस्थलमा ६० वटा नेपाली लोकलयका गीत निरन्तर बजाइएको थियो । ती गीतमा उनले विभिन्न नृत्य प्रस्तुत गरेकी थिइन । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर खिचिरहेका थिए । कार्यक्रमस्थलमा ग्नीजबुक देखिका निर्णायकहरुको पनि सहभागिता रहेको थियो।

गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि छुट्याइएको थियो । त्यसबाहेक बाँकी समय उनले आफ्नो नृत्यमा निरन्तरता दिइरहेकी छिन । नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या देखिएको छैन ।

गत वर्ष भारतको केरलामा नृत्य सिक्न जाँदा उनले निरन्तर नाचेर भारतकी कलामण्डलमले वल्र्ड रेकर्ड बनाएको बारे बुझ्ने अवसर पाएकी थिइन् । नेपाल आएपछि नाचेरै विश्व रेकर्ड बनाउने लक्ष्य राखेर उनी अघि बढ्दै आएकी थिइन् ।

बन्दनाले सय घण्टा निरन्तर नाचेर यो अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी हुन् ।’ बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् । हाल उनी काठमाण्डौको चेल्सी स्कुलमा अध्ययनरत रहेकी छिन ।


Loading comments...