Lifestyle Portal
  •   १ आश्विन २०७८, शुक्रबार

१० वर्षीय बालक अपरहण गरेको अभियोगमा पक्राउ

२२ माघ २०७६, बुधबार १०:५६

बारा, २१ माघ । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार समेत गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न गएका ति बालक घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो । रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात अपहरण गरेको खुल्न आएको थियो ।

उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको । भारतका

मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको

काठमाण्डौ । आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली