साउदी अरबमा अब चिनियाँ भाषालाई तेश्रो औपचारीक भाषाको मान्यता


साउदी बिधालयहरुमा चिनियाँ भाषालाई तेश्रो औपचारीक भाषाका रुपमा आत्मसाथ गरिने भएको छ । साउदी सरकारको यो चीनपरस्त अनि चिनियाँहरुलाई प्रवर्धन गर्ने निर्णय चालपाएर पश्चिमा देशहरु अचम्मा परेका बताइन्छ ।

रियाद, जेदाह र दमामका शहरहरुमा भएका बिधालयले आफ्ना कक्षा ८ सम्मका बिधार्थीलाई एच्छीक रुपमा चिनियाँ भाषामा पनि पढ्न पाउने बिकल्प दिनेछन् । यो साउदी अरबको आवधिक रणनिति साउदी भिजन २०३० को मुख्य लक्ष्य मध्य पर्दछ । छात्राहरुलाई चिनियाँ भाषामा बिशेष प्रार्थमिक्ताका साथ पढाउने साउदीको रणनिति छ, साउदीमा प्रथम भाषा अरबीक, दोश्रो अग्रेंजी अनि अब तेश्रो औपचारीक भाषाचाँही चिनियाँ स्थापित हुने भएको छ । बिश्वभरिका अर्थतन्त्रका आधारहरु चीन केन्द्रित भएका समयमा बिश्वव्यापी ब्यापार र आर्थिक क्रियाशीलताका लागि चीनको भाषा अध्ययन गर्नु महत्वपूर्ण कुरा रहेको साउदी सरकारको मान्यता रहेको छ । साउदीका राजकुमार मोहम्मद सलमान बिन सन् २०१९ को फेब्रुअरीमा चीन भ्रमणमा जाँदा यस निर्णय लिएको बताइन्छ, राजकुमारले चीनका राष्ट्रपतिसंग अन्य धेरै संझौताहरु गरेको बताइएको छ ।

सन् २०१९ मा पहिलोपटक चीनमा तेल निर्यात गर्ने सर्वाधिक ठूलो निर्यातकर्ता देशमा रुस दोश्रो भएर साउदी पहिलो भएको हो । उता साउदीको कच्चा तेल निर्यातमा सर्वाधिक ठूलो प्रतिस्पर्धी ईरानमा अमेरिकी प्रतिबन्ध लागेपछि साउदीको चीनमा तेल आपूर्तिमा एकलौटी अधिपत्य रहेको पनि हो । साउदीले १.९८ मिलियन ब्यारेल कच्चा तेल प्रत्यक दिन चीन पठाउने गर्दछ । उता चीनमा कच्चा तेल रिफाइन गर्ने सर्वाधिक ठूलो कम्पनीमध्य एक जेजियनगं पेट्रोकेमिकलमा साउदीको आरामको कम्पनीको ९ प्रतिशत शेयर पनि रहेको छ । साउदी र चीन्बिच २८ बिलियन अमेरिकी डलरको आर्थिक संझौता बमोजिम चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ र साउदीको भिजन २०३० रणनिति अनुरुप योजनाहरु बनाइएको छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...