साउदी अरबमा बर्ड फ्लूको संक्रमण


रियादको एउटा कुखुरा फार्ममा कुखुराहरुमा बर्ड फ्ल्यूको संक्रमण देखिएपछि त्यहाँको स्वास्थ संयन्त्र अर्लट रहेको हो । मंगलबारका दिन साउदीका कृषि अधिकारीहरुले जारी गरेको विज्ञप्तीमा साउदीमा बर्ड फ्ल्यूको जोखिम मान्छेहरुमा नरहेको बताएका छन् ।

त्यहाँको कुखुरा फार्ममा हाइली प्याथोजेनीक वर्ड फ्ल्यू एच५एन८ देखिएको थियो, जल, वातावरण तथा कृषी मन्त्रालयको जाँचमा पत्ता लागेको वर्ड फ्ल्यू संक्रमण नियन्त्रण गर्नका लागि तत्कालै कदमहरु चालिएको बताइन्छ । मन्त्रालयका प्रवक्ता अब्दुल्ला अबा अल खलिलले बताएअनुसार साउदीमा सन् २०१७ मा नै कुखुराहरुमा यस संक्रमणको पहिलो केस पत्ता लागेको भएतपनि सावधानी अनि सर्तकताका कारणले संक्रमण जोखिम मानवमा न्यून रहेको बताएका छन् ।

जंगली चराहरुको शिकार गर्न र खान पनि साउदीमा प्रतिबन्ध लगाइएको बताइन्छ, यसो गर्दा अन्य देशबाट आउने चराहरुको संक्रमणबाट जोगिन सकिन्छ । सन् २००५ मा दक्षिणपूर्वी एसियाका देशहरुमा H5n1 फ्ल्यू संक्रमणले ४०० भन्दा बढिको ज्यान लिएको थियो, यसको संक्रमण केन्द्रबिन्दु चाही हङकङबाट शुरु भएको बताइएको थियो ।


Loading comments...