
दक्षिण भारतको केरलामा भान्साको धाराबाट पानीको साटो मदिरा बगेपछि…
२४ माघ २०७६, शुक्रबार २०:५१
दक्षिण भारतको केरलास्थित एक आवासीय भवनका स्थानीयहरुको धाराहरूबाट विभिन्न मदिराजन्य तरल पदार्थहरु बग्न थालेपछि अचम्भित भएका छन् ।
आइतबार राति सबैथोक ठिकठाकै रहेको ति क्षेत्रका स्थानीयहरुको घरमा सोमवारको बिहानी भने अलि फरक थियो उनीहरूको भान्सामा राखिएका खानेपानीका धाराबाट अचम्मले मदिराको गन्ध सहितको मैलो तरल बग्न थाल्यो । धारामा पानीको साटो मदिराको गन्ध सहितको तरल बगेको देखेर आश्चर्यचकित बनेका स्थानीयहरूले त्यहाँका स्थानीय प्रशासनमा यस सम्बन्धमा गुनासो पोखे । छानबिनको क्रममा उनीहरूले स्थानीयको धारामा सप्लाई गर्ने प्रयोजनले पानी पम्प गर्न प्रयोग गरेको इनारको पानी दुर्घटनावश दूषित भएको भेटिएको छ ।
Water turned to -not wine but- alcohol for the residents of Solomon’s Avenue Flat in Kerala’s Thrissur district one morning.
Though, after investigation they found it wasn’t Jesus this time.https://t.co/mHeZwrzR1K
— Asiaville (@AsiavilleNews) February 5, 2020
इनारनजिकै स्थानीय अधिकारीहरूले जफत गरेको ६ हजार लिटर मदिरा नष्ट पारिएको रहेछ । जसका कारण इनार दूषित हुन पुगेको हो । अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो जुन विस्तारै खानेपानीको श्रोतको रुपमा तयार पारिएको त्यस क्षेत्र नजिकैको इनारसम्म पुगेको हो ।
मदिराले दूषित बनेको त्यस इनारलाई केरलास्थित त्रिस्सूर जिल्लाका आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने कार्यका लागि प्रयोग गरिंदै आइएको थियो ।
मदिरा मिसिएको पानी पुगेको उक्त आवासीय भवनका मालिक जोशी मालिएक्कले स्थानीय मेडियासँगको कुराकानीका क्रममा, “हामी त छक्कै पर्यौँ, धन्न त्यस दूर्गन्धित पानीको प्रयोग यहाँ बस्नेहरुले गरेनन । पिउने र कपडा धुन पानी नभएपछि समस्याको सामना गर्नुपर्यो । बच्चाहरू विद्यालय जान पाएनन् भने अभिभावकहरु आ-आफ्नो काममा जान पाएनन् ।”
इनार यति दूर्घन्धित र दूषित छ की पानी पम्प गरेर इनारको पानी पिउने लायक बनाउन महिनौँ लाग्नसक्ने देखिएको छ । त्यस आवासिय भवनमा दैनिक ५ हजार लिटर पानी आपूर्ति गर्ने गरिएको थियो । जुन त्यहाँ बस्ने सबैलाई पर्याप्त छेन ।
जैविक विविधता, प्राचित केरल सभ्यता, नृत्य र सङ्गीतका लागि विख्यात केरला हरेक वर्ष सार्वजनिक हुने सरकारी तथ्याङ्क अनुसार भारतमा सर्वाधिक मदिरा खपत हुने राज्यको रुपमा पनि परिचित छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा