Love

सायद यो माया नहुन पनि सक्छ


Anita Adhikari
अनिता अधिकारी

तपाई अझै पनि १२ घण्टा अघि पठाइएका टेक्सको जवाफ पाउनको लागि पर्खनुहुन्छ ?
तपाई फेसबुकमा उनीहरुको प्रत्येक स साना चालहरुलाई निकै महत्वकासाथ निहाल्नु हुन्छ ?
तपाईले ईष्र्याको अनुभव पनि गर्नु हुन्छ सायद आतिनु हुन्छ र सबै आत्म नियन्त्रण पनि गुमाउनु हुन्छ ?
सामाजिक सञ्जालमा कहिलेकाही उनीहरुलाई ब्लक गर्ने अनि अनब्लक गर्ने गर्नुहुन्छ ?
जब तपाई उनिहरुसँग हुनुहुन्छ, तपाई एकैसाथ दुख र सुखको महसुस गर्नुहुन्छ ?

प्रेम — शुद्ध, विश्वास अनि असामान्य हुन्छ । यदि माथिका कुराहरु तपाई अनुभव गर्दै हुनुहुन्छ भने त्यो माया भन्दा धेरै फरक छ । प्रेम त एक विशाल जलाशय हो जसमा ईष्र्या, रिस र अधिकारका कुराहरु धेरै पर राखिएको हुन्छ ।
तपाईले पे्रमको आनन्द लिनु भन्दा बढि पिडा महसुस गर्नु हुन्छ । यो पिडा तपाईको शरिरले पनि जान्दछ, पेट दुख्दछ,मुटु डराउदछ, दाँत किडिन्छ अनि आँखाहरु रसाउँछन् ।

मायाले त सधै साथ र हर यात्रामा जित हासिल गराउछ् तर तपाईले हरपल हार मात्र महसुस गर्दै हुनुहुन्छ , यसमा त शुद्ध पिडा मात्रै छ ।
परिचित आवाजहरु ?
म यहाँ छु तिमी कहाँ छौ ? किन समय लगाएको ? कहाँ हो ? छिटो आँउ ?
यहाँ , म यहाँ छु ले एउटा अवस्थाको सकेंत गरिरहेको हुन्छ । असुरक्षा, अशान्त , अविश्वास जुन ईष्र्या हो प्रेम होइन ।
तपाईले कसैलाई भेटदा यदि तपाईको मुटु आतिन्छ, हातहरु काप्न थाल्दछन अनि पाइलाहरु बढ्न सक्दैन्न भने त्यो व्यक्ति तपाईको प्रेम होइन । प्रेमी त त्यो हुन्छ जसलाई देख्नासाथ मन हलुको हुन्छ, मन मस्तिष्क समेत मुस्कुराउछ अनि पैतालाहरु निडर अगाडि बढ्छन ।

वास्तविक माया प्रेम भन्ने कुरा सहज प्रसङ्ग पनि होइन तर यो चाही म पुर्ण विश्वस्त छु कि साचो प्रेम स्वार्थ होइन ।
वास्तविक प्रेमले तपाईलाई कहिले पनि तपाई आफु खराब महसुस गर्दैन ।
वास्तविक प्रेमले तपाईलाई कहिले पनि जलाँउदैन । प्रेमले तपाईलाई किल्ला रोपिएको विस्तारमा छटपटाइरहेको महसुस पनि गराउदैन , न त स्नेहको लागि छट्पटाइरहेको कुकुर जस्तो बनाउँछ जसलाई साँगलोमा बाधिएको हुन्छ । बास्तविक प्रेमले तपाईलाई रातको २ बजे फोन गर्दैन जब उसको यौन इच्छालाई सेलाउन पर्छ र दिउसोको २ बजे बास्ता नगर्ने हुदैन जब कुनै काम हुदैन ।

बास्तविक मायाले तपाईले पठाएको सन्देशहरुलाई दिनभरी व्यवास्था गदैन र जब जब निराश अनि एक्लो हुन्छ तब तब मात्र सम्झदैन ।
बास्तविक प्रेम संचार हो, शुन्य होइन ।
बास्तविक प्रेम स्वतन्त्रता हो, स्वामित्व हैन ।
वास्तविक प्रेम आदर हो, कुनै योजना हैन । बास्तविक प्रेम साझेदारी हो , असमानता हैन ।
बास्तवीक प्रेम मित्रता हो । वास्तविक प्रेमले तपाईको शरीरलाई आराम महसुुस गराउछ् र तपाईको मनले शान्तिको महसुस गर्दछ । त्यहाँ कुनै पनि दुखाई, जलन, चिन्ता र पिडामय रातहरुको महसुस गर्नु पर्दैन् ।

मैले यो कठिन बाटो बाट सिके कि बास्तविक प्रेमले तपाईको बाटो प्राप्त गर्नको लागि , पहिले आफैलाई प्रेम गर्न आवश्यक छ । खुल्ला, असामान्य र त्यसागको साथ । आफनो खुसीकोलागि आफै खुसिहुनुहोस, आफैलाई माया गर्नुहोस अनि आफनो ख्याल गर्नुहोस ।

यो संसारलाई तपाईको बेगसँगै लैजानुहोस् । जसरी तपाईले कुनै मन परेको पुस्तक पढ्दा रमाउनु हुन्छ, रमाउदाँ, नाच्दा अनि उफ्रिदा स्वतन्त्रताको महसुस गर्नुहुन्छ, अनि कुनै यात्रामा निस्कदा कति खुसी हुनुहुन्छ् । पसलबाट आएको कफीको गन्धले तपाईलाई ताजा महसुुस गर्दछ, फुलहरुको सौन्दर्यताले तपाईलाई शान्त महसुस गराउछ । त्यसैगरी आफैमा रमाउनु अनि माया गर्नुहोस ।
जब तपाईले आफना स साना पक्षहरुलाई बुझनु हुन्छ । जसले आफुलाई चिन्न सक्नु हुन्छ । जसले तपाईलाई बाचँेको महसुस गराउदछ, तपाईलाई निको बनाउछ अनि तपाईलाई साचो मायको लायक बनाउछ ।


Loading comments...