बेवास्ता गरेको जीवन बिमा


अनुहारमा एक्कासी वर्षाको मेघले आकाशलाई जकडेर कालाम्मै बनाए जस्तो अन्धकारमय भाव स्पष्ट देखिन सकिन्छ । आँखामा बल्लतल्ल निकै सकस पश्चात बालबाल सिकारीको पासोबाट उम्किएको हरिणको जस्तो बेचैनी स्पष्ट थहा हुन्छ । खै किन हो ? आज अफिसबाट फर्किएपछि लुगा फेर्ने जाँगर समेत उसले चलाउन सकेको छैन न त बाथरुम छिरेर हात खुट्टा नै धुने जमर्को उसले गर्न सकेको छ ।

सौरभ ढकाल

छोरो मोबाइलमा गेम खेल्दै साथी सँग (सौगात revive गर्देउन revive गर्देउन भन्दै) चिच्याउदैछ । साझको बेला पुजा कोठाबाट घण्टि बज्दै गरेको आवाज सँगै मिश्रीत भएर अगरबत्तिको सुगन्ध समेत आइरहेको छ । उता भान्सा कोठामा साग ओइरीदै गरेको चुस्स चुस्स आवाज अनि खोस्रानी मिश्रीत तेलको खार दुवैले उसलाई खासै फरक पार्न सकेको छैन ।

खोस्रानीको खारले होला सायद छोरो खुक्क खुक्क गर्दै भएपनि उसको साथी सौगातलाई revive हान्देउन भन्न भने छोडेको छैन ।

खै केमा पो डुबेको हो गहिराइको पराकाष्ट भित्र रुमलिएको उ एक्कासी उसकी श्रीमतीले ल्याएका चिया तिर एकोहोरीएर हेर्दा हेर्दै श्रीमतीको झकझकाइले भने एक्कासी सतहमा आइदिन्छ ।

ए हजुर के भयो हजुरलाई सन्चो भएनकी क्या हो ? सुरीलो अनि मायालु स्वर .. शब्द शब्दमा भरिएको मायाको मिठास अनि प्रत्येक शब्दको उच्चारणमा महसुस हुने उसको श्रीमतीको बोलीमा मात्र उसैकोलागी फिक्रीयुक्त मिठो तरङ्ग……

उ झन अवाक्क हुन्छ मोबाइलमा सौगात मलाइ बचाउ मलाइ बचाउ पछाडीबाट गोली हान्दैछ भनेर आत्तिदै गरेको छोरो तिर हेरेर उ फेरी टोलाउँछ अनी सोच्न थाल्छ ….

आमा हेर्नुस न आज वहाँको व्यवहार अनौठो अनौठो भएको छ । चिया सेलाएर सर्वत भैसक्यो न त वहालाई चियाको मतलव छ न त केहि बोल्नु नै भएको छ, खाली टोलाई राख्नु भाको छ । एक्कासी परिवर्तीत हुनु भएकोछ ।

हुन पनि सधै घरभित्र छिरे पछि रोमाञ्चित हुँदै केहि न केहि compliment दिएर रोमान्टिक वातावरण बनाउन सिपालु उनको श्रीमान कतिखेर आएर के compliment दिने हुन र उनकोे सुन्दरताको वर्णन आज कुन चै उनको अङ्गलाई प्राथमिक्तामा राखेर गर्ने हुन अनि कुन तरिकाबाट आजको मायालाई एक दुई शब्दको उच्चारणमै पुर्ण गर्ने हुन भनि सदा झै एउटा सस्पेन्स लाई चिर्न पर्खेर बसेकी उनी श्रीमानको यस प्रकारको व्यवहारले अच्चमित हुनु स्वभाविक नै थ्यो , उनको मुटुको चाल रेशमा कुद्दै गरेको घोडाको टापको आवाज भन्दा व्यग्र भएको थियो ….. आज उनको श्रीमान उ सँगै भएर पनि कतै हराएका थिए उनको उपस्थितीले पनि आज परिवारमा अनुपस्थिती जनाइ रहेको थियो ।

बावु के भयो तलाई निधार तिर छाम्दै आमाले भावुक हुँदै चिन्तायुक्त शैलीले निधारबाट माथितिर कपाल समेत मुसार्दै ममता मय भावमा गर्नु भएको फिक्रि युक्त प्रश्नले भने उस्को आँखा रसाउन कति पनि समय लागेन सायद श्रीमती र उता बैठक कोठामा गेममा रमाइरहेको छोरो अहिले त्यहाँ नहुँदा हुन त,डाको छोडेर रुन बर लाउने थिएन होला ।

फेरी छोराले सौगात तिमी Counter attack गर म Back coverage गर्छु आज कुखुराको खाना गर्नै पर्छ । भनि कराउँदै हुन्छ । आफ्नो virtual संसारमा मस्त डुबेको छोरा घरमा सृजित भएको यस अनौठो परिस्थितीबाट बिल्कुलै अन्जान छ । हुन पनि आजकलका बच्चाहरुमा virtual संसारमा यति सम्म मस्त हुन्छनकी real संसारमा भएका धेरै कुराहरु अनी धेरै अनुभव हरु ignore भइ रहेको हुन्छ । आज उसको बाबाले गरेको यस प्रकारको व्यवहारलाई सायद उसले पनि एकप्रकारले अनुभव गर्ने थियो होला सायद बुवाको दुःख र चिन्ता आज किन र के कारणले सृजित भएको हो ? अनुमान लगाउने थ्यो होला न कि virtual संसारमा मस्त भएर आर्मी युद्ध जित्ने रणनिती बुनेर कुखुराको खाना गर्ने उपायको खोजीमा हुने थियो ।

चड्याङ्ग चड्याङ्ग, गरेको आवाजले माहोललाई झनै शान्त बनाउन मद्दत गर्छ । सायद श्रीमानको अस्वभाविक अनि आकस्मिक परिवर्तीत  व्यवहार  ले गर्दा चिढचिढो भएर होला छोराले गेम खेलेर साथी सँगको team work गर्दै रमिरहेको चित्त नबुझेको । बिचरा छोरो हजुरआमाको सिफारीसले बल्ल तल्ल मोबाइल चलाउने अवसर जुराएको थियो तथापि माहोल चै मोबाइल चलाएर साथी सँग इत्तरीने नहुन सक्ला ।
मोेबाइल थुतेर आफुसँग राखेपछि अघिको चिसो चिया लिएर अघि ओइरीएको साघको खबर लिन श्रीमती भित्र छिर्छीन ।

आमाको हातले उसको कपाल र तालुमा गरेको स्पर्श अनी आमाले टाउकोमा मार्दिनु भएको ठुङ्गको आनन्दले बिस्तारै बिस्तारै उसलाई हलुका बनाइ रहेका हुन्छ ।

मोबाइल बाला इलम खोसिएपछि पाएको दुइ झापड पारिश्रमीकले एकछिन अध्यारो बनाएपनी हजुरआमाको काखमा पल्टिरहेको बाबालाई अलिक उत्सुक्ताका साथ हेर्दै नजिक आएर हजुरआमा र बावुको भलाकुसारी सुन्ने अनी बुझ्ने कोशिस गर्दछ ।

आमाको प्रत्येक स्पर्शले उसलाई भित्र भित्र भावुक बनाउछ अनी अमा प्रतीको माया उसको आँखाबाट झल्किन्छ । अगाडी पटि अचम्म मानीरहेको उसको छोरो पनी त्यती उसको आमा सँग लाडे पल्टिदैन होला आज उ त्यती लाडे पल्टिएजस्तो देखीदै छ ।

बिस्तारै छोरालाई आफु तिर तानेर मोइ खाँदै आफ्नो ८ बर्षे छोरालाई उसले सोध्छ । बाबाको माया लाग्छ बाबु ? घर आए पछिको उसले बोलेको पहिलो वाक्य …. ढेरै लाग्छ । कती धेरै ? मोबाइलमा खेल्ने गेम भम्दा पनि धेरै ? उम ढेरै लाग्छ । आकाश भन्डा ढेरै लाग्छ ।

छोराको हल्का तोते तोते जस्तो बोलीले उसलाई हल्का साहसिलो बनाउछ । भित्रबाट साग पकाई वरि भान्सा तयार बनाएर श्रीमानले देखाएको अघिको रमिता बिचार गर्न श्रीमती पनि आइ पुग्छीन, अनि सासु बुहारी नाती र छोरा भएर परिवारीक माहोलको सुरुवात हुन्छ ।

के भयो छोरा भन् तनढाटी …. अमाले प्रश्न तेर्साउन कति पनि बेर लाउनु हुन्न …. खै का बाट सुरु गरोस बिचरा, के भनोस ? अनि कसरी भनोस? सासलाई अलि भित्र तानेर घाँटीमा क्लिक्क हुनेगरी रुन आटेको रुन्चे श्वरमा बलिद्र आँसुको धारा बगाँउदै भन्छ आमा नितीन रहेन उस्ले संसार त्यागेर गयो ।

वातावरण झन शान्त भएर जान्छ .. एक अर्कालाई सबले हेरी मात्र रहन्छन सबैको रौँ सिरीङ्ग भएको हुन्छ … भदौ महिनाको गर्मिमा पनी सबैको मनमा चिसो पस्छ….. सबै सिताङ्ग हुन्छन । नत कसैले विस्तृत विवरण बुझ्ने साहस देखाउछन न त उसैले नितीनको मृत्यु बारे केही बोल्ननै सक्छ नत केही विवरण बुझाउन नै खोज्छ …

केही समयको मौनता पछि छोराले तोते बोली बोल्दै सोध्छ , बाबा निटिन अङ्कल लाई के भाको ?
नितीन उसको भाई, नितीन उसको साथी, नितीन उसको आत्मीय, सँगै स्कुल पढेको साथी, सँगै खोलामा पौडी खेल्न जानेको साथी, सँगै साइकल चलाउन जानेको साथी, लंगौटीया साथी अनी नितीन उसको परिवारको सदस्य महत्वपुर्ण सदस्य उसको सुःख दुःख को साथी…..

हुनत रगतको नाता भनेको सबै भन्दा नजिक अनि गाढा नाता मानिन्छ तर भावनात्मक नाता पनि रगतको नाता जतिनै गाढा अनि आत्मीय हुने रैछ भन्ने कुरा पल पल अनि झल झल धेरैले अनुभव गरी आएको कुरा हो । हामी खाली आयौँ अनि खाली नै जान्छौ भन्ने कुरा सबैले बुझेका छौ ….. तर रित्तो आएका हामी परिवारमा हर्ष र उमङ्ग लिएर आयौँ र जाँदा भरपुर याद अनी कति तिता मिठा अनुभव र आत्मीय साथ छौड्दै कैयौँ रहस्य आफु सँग साथै लिएर जान्छौ (जसरी राजा बिरेन्द्र र उनका परिवारले २०५८ जेष्ठ १९ मा रहस्यमय ढङ्ग बाट मृत्यु वरण भई मृत्यु हुनुको रहस्य आफुसँगै साथै लिएर गए ……) सायद यो नै प्रकृतीको नियम हो । सायद प्रकृतीलाई यहि नै चाहिएको हो ।

कैयन तितामिठा पल यि दुवैले साथ साथ कटाएका थिए । हिजो भर्खरै त हो नितीन उस्को घरमा आएर आमा सँग यति धेरै भाको नभाको चुग्ली लगाएर गएको रजनिगन्धा धेरै खायो भनेर काराई रहने नितीन हिजो आमा छोरा र श्रीमतीको अगाडी इमोश्नल कसम खान लगाई छोड्न प्रतिबद्द गरी अब कहिले फर्कि नआउने गरि गएको गयै भयो ।

यता उसको घरमा नितीन आएर हिरोको भुमिका निर्वाह गरे जस्तै उता नितीनको घरमा नायक हुन उस्ले पनि अलिकती कसर छोडेको हुन्न थ्यो…. अस्ति नितीनको बहिनीको बिहेमा सम्पुर्ण बिहेभोज किनमेल देखी ज्वाँईको पारीवारीक इतिहाँस Background पत्ता लगाउन र ज्वाइको अन्तरवार्ता लिन सम्म सवै काममा उस्ले र उस्का परिवारले आर्थिक, भाौतीक र भावनात्मक सम्पुर्ण तवरले सहयोग गरेका थिए । एकआपसमा कैयन आपसि पारस्पारीक सम्बन्ध र जिम्मेवारी पुर्ण रुपमा निभाउदै आएका यस्ता कैयन उदाहरण र घटनाहरु थिए । नितिन र सुमनको साथ र मित्रताको उदाहरण समाजमा एउटा आदर्शको रुपमा प्रख्यात थियो ।

अघि श्रीमानको भावनात्मक अनुपस्थितीलाई Notice गरेर छोराको गालामा छाप बनाएकी श्रीमती अहिले आफै गौण भएर थुचुक्क भुइँमा बस्छिन , अघि chicken dinner को रणनिती बनाउँदै गरेको बालख बावुको आँखाबाट आशुको धारा बग्न थाल्छ ।

आमा छोरालाई काखमा लिई रुदै भन्नु हुन्छ हामि यसरी रुँदै बसेर हुँदैन छोरा अब सम्हालीनु पर्छ … जाम नितीनको घरमा पुगेर दुःख बाड्नु पर्छ । आखिर नितीन पछिको त्यस परिवारमा जिम्मेवार व्यक्ति भनेकै तै त होस् ….

बिचरा नितीन बच्चै हुँदा बुवाको मृत्युले भताभुङ्ग भएको उसको परिवार बडो दुःख ले उसको आमाले सम्हाल्नु भएको थ्यो …… आमा भन्नुहुन्छ उसको आमाले हामि सानो हुँदा हाम्रो खेतमा रोपाइ गर्न जाँदा आमाले खेतमा लगिदीनु भएको हरुवा रोटी छोरा छोरीले खाइदिदा पनी भोक नदेखाइ पानी मात्र पिएर भएपनी निरन्तर काम गरिरहनु हुन्थ्यो रे … पछि घरमा लगेर खाना खाउँ भन्दा कहिले पनी मान्नु हुन्न थ्यो हरे …. स्वाभिमानले प्रशस्त धनि वहाले कैयन दिन भुटेको मकै र कनिका खाएर भएपनी छोराछोरी हरुलाई आफ्नो क्षमताले भ्याए भन्दा माथिनै गर्नु भएको थ्यो हरे …

उसलाई अझ पनी याद छ आमाले नितिन र उस्लाई दशैमा जहिले पनि उस्तै लुगा हालिदिनु हुन्थ्यो … नितीनको आमाले केहि न केहि हिसाबले आफुले उस्को घरमा श्रम गरेर घरायसी काममा सघाएर भए पनि गुण भने फर्छौट गरेरै छाड्नु हुन्थ्यो । उसको आमा र नितीनको आमा पनी पहिले देखीकै साथि साथी नै हुनु हुन्थ्यो र त आमाले पनी उ र नितीनमा कहिले पनी फरक देख्नु भएन । आमाले पनि आफ्नी स्वाभिमानी साथी भोकै हुने चिन्ताले जहिले हरुवा रोटी अनि साँधेको गुन्द्रुकको अचार त्रेग्लै कागजले बेरेर सुटुक्क लुकाएर झोलामै राखि राख्नु हुन्थ्यो ता कि साथि कहिले भोकै नपरोस भनेर । नितीनको आमा र उस्को आमाको दोस्तिको तारीफ बालखैमा उनिहरुपनी एक आपसमा बहुत गर्थे र आफ्नो दोस्ती पनि यस्तै बनाउने भनी कसम पनि बहुतबार खाएका थिए ।

बिचरी बहुत दुखियारी रहिछिन पहिले श्रीमान बित्दा खेरी अब यो छोराको लागी भएनि तिमिले सम्हालीनु पर्छ भनि सम्झाउँदा उस्बेला दुई ज्यानकी उनी ४ बर्षे छोरालाई काखमा बोकेर मोइ खाँदै रुँदा रुँदै आँशु पुछेर मन दरो बनाउन सकेकी उनलाई अब के भनेर सम्झाउने होला …..

भर्खरै ५औ बसन्तमा टेक्दै गरेकी उस्को छोरीको आँखामा हेरेर के भन्ने होला अनी लाउ लाउ खाँउ खाँउ गर्ने उमेरमै बिध्वा भएकी नितिनकी श्रीमती लाई के भनेर सम्झाउने होला ….. आफुले पनि छोरा झै माया गरेर उस्को आमा जतिकै हरेक साने सानो कुराको ख्याल राख्दै गरेको त्यती धेरै माया र नितिन ले पनी आमा जतिकै गरेर केही कुरामा कमि हुन नदिएको माया तुहिएको कसरी सहने होला ?

मोटर साइकललाई टिपरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएछ …. घाटमा गाइगुइ गरेको सुनिन्छ …. आँखाभरी आँशु लिएर घाटमा पुगेको सुमनले उ र उस्को परिवारलाई कसरी नितीनको परीवार सँग भोउने अनी अब कसरी के भनेर सम्झाउने सुमन आफैले आफुलाई कसरी सम्झाउने बियोगान्त चुनौती थियो ….. भर्खरै नितीनले त्यत्रो ऋण काढेर बनाएको घरको ऋण अब कसरी तिरीसक्ने होलान नितीनको परिवारले … त्यसमा मेरो भुमिका के होला ? जे हुन्छ हुन्छ तत्काल मैले मन दरो बनाउनै पर्छ … म रुने छुइन …. म सबैलाई सम्झाउने छु …. मन मनै यस्ता अनगिन्ती कुरा हरु खेलाउँदै चितामा सुती रहेको नितीन नजिकै पुग्छ केही बेर नितीको अगाडी पुग्ने बित्तीकै उसले आफुलाई नै सम्हाल्न सक्दैन र साथीलाई चितामै अँगालो हाल्दै उठाउन खोज्छ …. नाइ त मर्न सक्दैनस नितीन … त यसरी हामीलाई छोडेर जान पाउदैनस् नितीन उठ मेरो भाई …… भन्दै लाशलाई उठाउन खोज्छ … सबै जाना मिलेर उस्लाई तान्न खोज्छन …. पुरै होस गुमाएको उ छोड मलाई त्यसलाई केही भएको छैन … म उठाउछु त्यसलाई त्यस्ले मैले भनेको मान्छ भन्दै कराउछ ।

उ कराइ रहेको हुन्छ .. उस्लाइ कसैलाई घचघचाई रहेको हुन्छ .. ए हजुर के भयो किन कराउनु भएको .. ए हजुर … उ चिच्याई नै रहन्छ….. छोड मलाई त्यो उठ्छ … तेस्ले मैले भनेको मान्छ … म उठाउछु त्यसलाई भन्दै बरबराई नै रहन्छ …. कस्ले मलाई यो भिडमा हजुर भन्दैछ …. उस्ले Realized गर्न खोज्छ … त्यो आवाज सँग सँगै उ झल्यास्स हुन्छ …. उस्की श्रीमती लाई एक्कासी अँगालो हाल्छ … नितीन लाई जान नदेउ उस्लाई पोल्छ .. आगो लाउन नदेउ …

रातको त्यस्तै २ बजेको होला श्रीमतीले अँगालोबाट बिस्तारै छुटाएर उस्लाई निन्द्राबाट ब्युउझाउन च्युउडोमा समातेर टाउको हल्लाउँदै ए हजुर के देख्नु भयो सपनामा .. ए हजुर … भन्दै बोलाउछीन
उ सपनाको संसारबाट बिपनामा आउँछ … अघिको घाटमा भएका मान्छे हरु सबै बिलाउछन …. घाट पनि बिस्तारै आँखाबाट हराउँदै जान्छ उस्को अगाडी उस्की श्रीमती मात्र हुन्छीन … उस्को मुख सुखेर खडेरीमा बञ्जर भएर चिरा परेको खेतको गरा जस्तै भएको हुन्छ । पानी पानी… उस्ले होसमा आउने बित्तिकै पानि पिउने मनसाय व्यक्त गर्छ ।।

घुटुक घुटुक पानी पिउदै गरेको आवाजले पनी रातको सुनसानमा राम्रै गुन्जिने अवसर पाउँछ । त्यसपछि उस्ले मोबाइल खोज्छ र रातको २ बजे नै नितीनलाई फोन गर्छ … पहिलो पल्ट घण्टि पुरै बज्छ तर फोन उठ्दैन … श्रीमती अचम्म मानेर भन्छीन .. रातीराती को Disturb गर्नु भएको होला ….. भोली बिहान फोन गर्दा नी हुन्छ नी .. यतीको कुरा भैसके पछि श्रीमतीले नी सहजै अनुमान गर्छिन .. पक्कै नितीन बाबु मर्नु भएको सपना देख्नु भएको होला र यत्तीको राती बिश्वस्त हुन वहाँलाइ फोन गर्नु भएको होला भनेर …..

एकछिनमा मोबाइलमा फोन बज्छ … नितीनले फोन गरेको हुन्छ । फोन उठाउने बित्तीकै सुमनले भन्छ ओइ सुन त्यो हिजो बेलुका भेटेको जीवन विमा कम्पनीको अभिकर्ता को मोबाइल नं. त छ नी त सँग ? अँ छ .. मेरो सालो पर्छ भन्या थिएँ त मैले तलाई .. ए .. भोली त्यस्लाई भेटेर तेरो र मेरो जीवन बिमा गरौँ यार …. नितीन फोनमा खित्का छोडेर हास्छ … त्यै भन्न यती राती फोन गरीस ?? हिजो त मेरो सालो केटोलाई बिमाको कुरै नगर भन्दै थिइस त…. बरु बैङ्कमा पैसा राख्छु तर बिमा गर्दिन भन्या होइन ? होइन यार बिमा जरुरी रैछ …. झन रााम्रो कम्पनीमा बिमा गर्दा बचत पनी हुने रैछ । आफुलाई केही भैहाले परिवारलाई, केही नभए अवधी भुक्तानी पछी आफु सहित आफ्नो परिवारलाई तेरो सालो केटो ले कुन कम्पनीको नाम लिएको थ्यो हरे ? खै मैले बिर्सीए यार तर बोनश राम्रो छ .. अहिले सम्मकैे उच्च बोनश दर … चुक्ता पुँजी पनी अहिले सम्मकै बढी .. बिमीत पनि सबैभन्दा बढी सबै भन्दा बढि बिमाकोष सङ्कलन गर्न सफल सबै भन्दा धेरै शाखा कार्यालय भएको यस्तै के के के के भन्दै थ्यो …. ल ल यार त्यै कम्पनीमा बिमा गर्ने हो । भोली बिहानै आउँछु तेरोमा … ल ल सुत राती राती का बाट बिमाको भुत चढेको तलाई ।

हामी सबैले बेवास्ता गरेको एउटा लुकेका सत्य बनेको छ जीवन बिमा । हुन त आफुमा बिश्वास हुनु राम्रो हो । सबै परिवारमा आर्थिक हैसियतले एक जना व्यक्ती मुख्य हुन्छ । आर्थीक रुपमा मुख्य मानीने व्यक्ति ले भरीसक्य आफ्नो परिवारको सम्पुर्ण इच्छा र आकांक्षा पुरा गर्न आफ्नो सामर्थले भ्याए भन्दा बढी मेहीनत गरेकै हुन्छन् । प्राय आर्थीक हैसीयत ले मुख्य मानीने व्यक्ती पुरुष नै हुने गरेका कारण पनी पारीवारीक आवश्यक्ता इच्छा आकांक्षा पुरा गर्नुमा पुरुस्वार्थ जोडीएको हुन्छ । कुनै एउटा आवश्यक्ता पुरा गरेपछी जुङ्गामा ताऊ लाउनुको मज्जा अनी सन्तुष्टि नै बेग्लै हुन्छ यो अर्थमा पारीवारमा आर्थीक रुपमा महत्वपुर्ण मानीने त्यो (मुख्य व्यक्ती) अविभावक हुन ज्याल सम्म परिवारमा हत्त पत्त आर्थीक सङ्कट आउन सक्दैन आइ हाले पनी केही न केही उपाय पक्कै निक्लीन्छ । मुख्य व्यक्तीले कवचको रुपमा परीवारलाई सुरक्षीत बनाई रहेको हुन्छ । तर के हामिले कहिले यो कुरा सोचेका छौँ की परिवारको कवच मानीने मुख्य व्यक्तीलाई केही भै हाल्यो भने परीवारको के हुन्छ ? के प्रत्येक मुख्य व्यक्तीले यो कुराको बिचार गर्नु भएको छ कि मेरो अनुपस्थितीमा म भइन भने मेरो परिवारको अवस्था के हुनेछ ?

५० देखी ६० को दशकमा देशमा माओवादी द्धन्दकालमा लग भग १८ हजार मानीसको मृत्यु भएको अनुमान गरीएकोछ त्यो दशकलाई हमीले द्धन्दकाल भनी घोषणा पनि गरेम तर अहिलेको बितेको १० बर्षमा करिब २२ हजार भन्दा बढी मान्छेहरुको सडक दुर्घटनामा परेर अप्राकृतिक मृत्यु भएको कुरा हामीले पटक पटक समाचार र सामाजीक सञ्जालमा देखेर पढेर अनी सुनेर पनी अन्जान छौँ । के हामी सडकमा यात्रा गर्दैनम र ? के हामी सार्वजनिक यातायातमा यात्रा गर्दैनम र ? के हामीलाई केही हुन सक्ने सम्भावना छैन र ? एक पटक सबैले सोचम … भरिसक्के हामी कसैलाई केही नहोस तर जीवन र मृत्युको फरक मिली सेकेन्डमा छ हामि सबैलाई थहा छ त्यसैले राम्रो बिमा कम्पनी छानेर आफ्नो पारीवारीक दायीत्व बुझी पारीवारीक दायीत्व बरावरको जीवन बिमा गरौँ … बिमाले आत्मबिश्वास बढाउँछ र तपाई हाम्रो आर्थीक दायीत्व लाई बिमा कम्पनीमा हस्ताणतरण गर्दीन्छ ढुक्क हुनु होस । तपाई हामी समस्त राष्ट्र सेवक नागरीकको भलो होस । जय देश । जय नेपाल ।

लेखक
सौरभ ढकाल
नेपाल लाईफ इन्श्योरेन्स कं. ली.


Loading comments...