यमनमा अलकायदाको प्रमुखको अमेरिकी आक्रमणमा मृत्यु  


अरबियन पेनीन्सुलाका अलकायदा संगठनका प्रमुख कसिम अल रिनीको अमेरिकी आक्रमणमा मारिएक भनी अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । यमनमा भएको मुठभेडमा अल रिनीको मृत्यु  भएको बताइएको हो । गत वर्ष फ्लोरिडाको पेनासोकोला भन्ने ठाँउमा अमेरिकी नौसेनीक माथि हमला भएको थियो जस्को जिम्मेवारी यिनै अल रिनीले लिएका थिए । त्यहाँ साउदी अरबी सेनाको एक हवाई सैन्य प्रशिक्षणार्थीले ३ अमेरिकी सेनाको हत्या गरेका थिए । बिहिवार राष्ट्रपति ट्रम्पको सन्देशमा अमेरिकी जनताको सुरक्षामाथि प्रश्न उठाउने सबैलाई सखाप पार्दै जाने बताइएको छ । अल रिनी ४१ वर्षक थिए र अमेरिकी सेनासंगको मुठभेडमा रिनी गत महिना नै मारिएका भनी अलजजिराका रिपोर्टर एण्डी गालाकेरले वासिंगटन डिसी बाट लेखेका छन् । गालाकेरका अनुसार रिनी सेप्टेम्बर ११ का योजनाकार र कार्यान्वयन सहयोगी मध्य एक थिए, अमेरिकाका लागि रिनीको मृत्यू ठूलो उपलव्धी भएको बताइन्छ ।

फेब्रुअरी १ मा नै अमेरिकी राष्ट्रपति ट्रम्पले बिभिन्न ट्वीटहरुलाई रिट्वीट गर्दै रिनीको मृत्यु  बारेमा पोष्ट गरेका थिए भनें ह्वाइट हाउसको औपचारीक सन्देश भनें बिहिवार फेब्रुअरी ६ मा मात्र आएको हो ।

लाइभमाण्डु


Loading comments...