Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
panchadewal

ओझेलमा पञ्चदेवल

२२ मंसिर २०७५, शनिबार १५:०५


sanju
सञ्जु पौडेल

“ खास काम पडी कन ओल्ला पल्ला गाँउघर तिर जाँदा त्यँहाका मान्छेहरु विनायक घर भन्ने सुन्येपछि आफैं न पञ्चदेवल भएको ठाँउ हो भन्नाछन् । मान्छेहरु पञ्चदेवलको बारेमा जान्न, बुझ्न खोज्दाछन्, यी सब धेखेर निकै खुशी लाग्दो छ । ” (खास कामले कहिले काहि आसपासका क्षेत्रमा जाँदा विनायक घर हो भन्ने वित्तिकै पञ्चदेवल भएको ठाँउ भनेर आफैं भन्छन, उनिहरुले पञ्चदेवलको बारेमा चासो राख्ने गर्दछन् । त्यस्तो देख्दा निकै खुशी लाग्छ ।) घरका लागि किनेको विभिन्न सामानहरुलाई डोकोमा मिलाउदैं पञ्चदेवल विनायकका शेर बहादुर रोकायले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको पञ्चदेवलको सम्बन्धमा स्थानीय भाषामा मुसुक्क हास्दै बताए ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका स्थित विनायक बजारकै छेउमा पुष्पलाल राजमार्गसँगै रहेको पञ्चदेवल त्यँहा आउने जो कोहिको पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन देखि ३० कि.मी. को दुरीमा रहेको यसमा पत्थरहरुलाई निकै कलात्मक रुपमा आकृति दिई देवलको निर्माण गरिएको छ । ५ ओटा देवलहरु मध्ये दुई ओटा देवलको उचाई करिब २५ मिटर, दुई ओटा देवलको उचाई करिव १५ मिटर रहेको छन् भने एउटा देवल भने वि.स. १९९० सालमा आएको भूकम्पमा आधा भत्किएपछि सो भत्किएको भागलाई पुनः मर्मत गरी स्थानीयबासीहरुले त्यसलाई देवीको मन्दिर बनाई हाल सम्म पनि नियमित पुजा आजा गर्दै आइरहेका छन् ।panchadewalपरापूर्व कालमा निर्माण गरिएको यस पञ्चदेवलको सम्बधमा कुनै इतिहास नपाइएको तथा देवलका निर्माणको सम्बन्धमा शिलालेख भएता पनि उक्त शिलालेखका अक्षरहरु कसैले बुझ्न नसकेका कारण सयौं वर्ष देवलको वास्तविकता स्थानीयवासी, जिल्लाबासी देखि सरकार कसैलाई पनि थाहा हुन सकेन । देवलमा भएको शिलालेखमा लेखिएको शब्द बुझ्न भाषाविद्ध अथवा संस्कृत भाषाका विद्धानले मात्र अथ्र्याउन सक्ने भएका कारण पञ्चदेवल निर्माणको वास्तविकता पनि रहस्यमै रहेको थियो । पाँचओटा देवल भएकोले कसैले पाँच पाण्डबहरुले बनाएको भन्थे भने कसैले सत्य युगमा भगवानले बनाएको हो भन्ने किवदन्तीहरुमा नै सात सय वर्ष वितेको थियो ।

यसैक्रममा एक दिन जुम्लाका योगी नरहरी नाथ घुम्दै फिर्दै विनायकमा बास बसेका थिए । योगी नरहरीनाथ र उनी सँगै आएका भोजराज भट्टराईले वि.स. २०२८ सालमा विभिन्न प्रकृयाहरु अवलम्बन गरेर पञ्चदेवलको शिलालेखमा लेखेको लिपीहरुलाई पत्ता लगाएका थिए । जसका कारण विनायककबासी तथा अछामी लगायत नेपाल सरकार आदि सबैले देवलको वास्तविकता सम्बन्धमा जानकारी पाएका थिए । पञ्चदेवललाई कुनै देवी, देउता तथा पाँच पाण्डवहरु कसैले निर्माण नगरेको भई राजकुमार अक्षय मल्लले (साखे सम्वत १२०२)÷ वि. स. १३३७ मा आफ्नो परिवारको रक्षा तथा आफ्नो कृति चलाउने उद्देश्यले पञ्चदेवलको निर्माण गराएको भनी उक्त शिलालेखमा उल्लेख गरिएको पाइएको थियो । यसको साथै, अक्षय मल्लले पञ्चदेवलका निर्माणसँगैं सोहि समयमा नाउधारा (पञ्चदेवल नगरपालिका वडा नं. २) र नान्डाँडा (पञ्चदेवल नगरपालिका वडा नं. ३) मा पनि मन्दिर निर्माण गरेको भनी पञ्चदेवलमा रहेको शिलालेखमा उल्लेख गरिएको भनी स्थानीय समाजसेवी जगन्नाथ अधिकारीले जानकारी गराउनु भयो ।

panchadewal

पत्थरहरुलाई (ढुंगा) व्यवस्थित तरिकाले सन्तुलनमा मिलाएर निर्माण गरिएको यस देवलमा पर्यटकिय ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिकोणले अति महत्वपूर्ण संभावना भएको भएता पनि यसको आवश्यक रुपमा उचित तरिकाले संरक्षण, सम्बद्र्धन तथा प्रचार–प्रसार हुन सकेको भने देखिदैन । जसका कारण सुदुर पश्चिम प्रदेशकै ऐतिहासिक तथा पुरातात्विक महत्वको पञ्चदेवल ओझेलमा परेको छ ।

यस्रक्रममा, विनायकबासी तथा स्थानीय सरकारले पञ्चदेवलको महत्व बुझ्न नसकेको भन्दै पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का वडा सदस्य तथा स्थानीय वासिन्दा ललित बहादुर शाहीले आफ्नो भनाई यसरी राख्नु भयो, “ यस पञ्चदेवललाई परापूर्व कालमा भगवान अथवा पाँच पाण्डवहरुले नै बनाएको हो भन्ने कुरालाई नै हाम्रा पुर्खाहरुले जे विश्वास गरेर आफ्नो जिवन गुजारे, हामी सबैले पनि त्यसैलाई वास्तविकता मानेका थियौ, र हाम्रा छोरा नातीलाई पनि त्यहि सिकायौं तर वि.स. २०२८ सालमा जुम्लाका योगी नरहरी नाथले यस देवलको अक्षरहरुलाई विभिन्न प्रकृया मार्फत खुट्याए पछि राजकुमार अक्षय मल्लले आफ्नो परिवारको रक्षा तथा कृती राख्नका लागि यस देवलको निर्माण गराएका रहेछन् भन्ने थाहा पायौं । ”

panchadewal
पञ्चदेवल विनायकबासी, अछामबासीको लागि मात्र नभएर राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा पनि यसको महत्व निकै नै रहेको छ । पर्यटकिय, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिकोणले अति महत्वपूर्ण संभावना भएको यस देवलको आवश्यक रुपमा उचित तरिकाले संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसार हुन जरुरी छ । यसको लागि विनायकबासी, अछाम जिल्लाबासी तथा स्थानीय सरकारले पनि आवश्यक ध्यान दिई उचित प्रयास गर्न जरुरी देखिन्छ । यसको साथै, हामीले पनि आ–आफ्नो स्थान, तहबाट यसको प्रचार प्रसारको लागि प्रयास गर्नु पर्ने आवश्यकता रहेको छ । अनि मात्र पञ्चदेवलको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा यसको महत्वको बारेमा प्रचार प्रसारको वातावरण सृजना हुनेछ ।

काठमाण्डौं,
हाल, पञ्चदेवल विनायक नगरपालिका, अछाम
इमेलः [email protected]

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग