
दिल्ली निर्वाचन ‘एक्जिट पोल’ अनुसार भाजपाको स्थान अत्यन्त कमजोर, आम आद्मी पार्टीको लोकप्रियता उस्तै
मुख्यमन्त्री अरबिन्द केजरीवालले नेतृत्व गरेका आम आद्मी पार्टीको स्थान दिल्लीमा धेरै बलियो पाइएको छ, भर्खरै भएको एक्जीट पोलमा दिल्ली क्षेत्रमा आम आद्मी पार्टीले ह्याट्रिक गर्ने खालको भोट ल्याएको शंकेत गरेको छ ।
दिल्लीका कूल मतदाताहरु मध्य ५७ प्रतिशत समावेश भएको करिब १ करोड ४७ लाख मान्छेहरुले गरेको मतदानमा भाजपा को स्थान निकै कमजोर पाइएको हो । यद्धपी औपचारीक मत परिणाम भनें मगंलवार मात्र आउने भएको छ । अहिले भर्खरै साँझको ६ बजे मतदान सकिएको हो, यस मतदानले ५० देखि ७० प्रतिसत सिटहरु अरबिन्द केजरीवालको नेतृत्वको पार्टीले ओगट्ने लक्षण देखिएको छ ।
C Voter Exit Poll Result Of Delhi Election 2020 – Part 7
Video Link ►https://t.co/KUGyvKzkcQ#DelhiElection2020 #DelhiVoting #DelhiElectionBypoll #Tv9DelhiDangal #KannadaNews #Tv9Kannada pic.twitter.com/BViRFa3ohI
— TV9 Kannada (@tv9kannada) February 8, 2020
यस मतदानलाई मोदी र केजरीवालको जनसमर्थनको घोतकका रुपमा लिइएको पनि थियो । सन् २०१५ मा पनि केजरीवाल नेतृत्वको पार्टीलाई ६७ प्रतिशत मत गएको थियो, आम आद्मी पार्टीको ५ वर्षे कार्यकाल यस वर्ष समापन हुँदैछ । दिल्ली इलेक्शन एग्जिट पोल २०२० यदि सकारात्मक हुने हो भने अरविन्द केजरीवाल पुनः मुख्य मन्त्रीको पुनर्वहालीका लागि दिल्लीले स्वागत गरेको छ किनकी सर्वे ले AAP बहुमतद्वारा पुनः अनुमोदित हुँदैछ ।