“१० मिनेट ३८ सकेण्ड” उस्ले मलाई किन मार्यो?


लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर पनि श्वाँस फेरि रहेका हुन्छन् । लेखक एलिफ शफाकको उपन्यासकी पात्र ‘लीला’ले निर्जिवताको यस्ता धेरै पराकाष्ठाहरु भोगेकी हुन्, र प्रथमपटक जीवनसँग संघर्ष गरिरहेको आफ्नै लाश उनले देखेकी हुन् ।

मान्छे मर्ने बित्तिकै आखिर शरीरबाट के निस्कन्छ र उनीहरुलाई मृत भनिन्छ, चेतनाको कुन टुक्रा त्यसबखत चटक्क चुँडिन्छ त ? हरेक धर्म अनि हरेक विज्ञानले आ-आफ्ना तवरले यस प्रश्नको उत्तर दिन खोजेको छ तर सारा मानव जगतलाई सन्तुष्ट हुने उत्तर भने न कुनै विद्वानबाट अझै आएको छ न कुनै विज्ञानले यसलाई स्पष्ट पारेको छ । जन्म जति सत्य हो भन्ने लाग्छ त्यत्तिकै अर्को ठूलो सत्य पनि हो मृत्यु । यो न अन्त्य हो न प्रारम्भ तर यो नै सबैभन्दा ठूलो सत्य हो, मृत्यु अवश्यम्भावी छ र यो टर्दैन ।

suyog dhakal
लेखकः सुयोग ढकाल

शरीरको पाटोमा भने लीलाको मृत्युपर्यन्त उन्को दाहसंस्कारका लागि लीलाका परिवारहरुले देखाएको वेवास्ता र लीलाका आफन्तहरुको गैरहाजिरी प्रस्तुत गरिन्छ । साथीहरुले लीलाको शरीरलाई अन्तिम बिदाई गर्न गरेका कसरतहरु त्यहाँ प्रस्तुत छ । परिवारले स्वीकार नगरेपछि साथीहरुले अन्तिम संस्कार गर्न खोज्दा काुननी झन्झटहरु पनि यहाँ निकै भएको पाइन्छ

हरेक धर्मले मृत्युपछिको जीवन र निर्वाणलाई आआफ्नै तवरले ब्याख्या पनि नगरेको हैन । आज म एलिफ शफाकको उपन्यास १० मिनट ३८ सेकेण्डको ईन दिस स्ट्रेन्ज वर्ल्डको कुरा यहाँ गर्न चाहन्छु, यस उपन्यास इस्तानाबुलकी एक यौनकर्मीको जीवन अनि घटनाहरुको चौघेरोमा कोरिएको छ । उन्को चेतनाशून्यता शुरु हुन अघिको १० मिनट ३१ सेकेण्डको यो कथाले पाठकहरुको ध्यान बडो चित्तोकर्षक रुपमा तान्दछ ।

लेखक शफाकले भने एउटा अध्ययनमा मान्छे मरेको १० मिनट सम्म पनि मष्तिष्क नमर्ने तथ्य पढेपछि पहिलोपटक उपन्यासको रेखा सोचेको बताएका छन् । यस अर्थमा यो एउटा मृत व्यक्तिको ज्यूँदो मष्तिष्कको कथा हो । तकिला लीला इस्तानाबुलकी यौनकर्मी हुन् जस्लाई बिभत्स हत्या गरेर फोहोरको थुप्रोमा फलिसकिएको छ, अबको १० मिनट ३८ सेकेण्ड दुई भागमा बिभाजित छ । एउटा मष्तिष्क अर्को शरीर, कहिँ कतै शफाकले पूर्वी दर्शन अनि अध्यात्मका स्वरुपहरु पनि उपन्यासमा ल्याएका छैनन भन्न सकिन्न । मष्तिष्कको भागमा लीलाको जन्म पछि त्यस घडि सम्मका घटनाक्रम र बिकासक्रमहरु समावेश गरिएको छ, लीलाको आफ्नो आवाज, धारणा र अनुभूतिहरु यस भागमा समावेश गरिएको छ । नुन देखि कारकार्डम कफीका स्वाद अनि गन्धहरु देखि सल्फरिक एसिड अनि काठे चुलोको धुवाँ सम्म उन्को मष्तिष्कमा कैद भएका नोस्टालजीयामा रहन्छन् । लीला अफी कमीली कसरी तकीला लीला भइन भन्ने कुरा मष्तिष्कले ब्याख्या गर्दछ, उन्का ५ मिल्ने साथीहरु अनि समाजले ति साथीहरु माथि राखेको पूर्वाग्रहसम्म पनि त्यसमा उल्लेख गरिएको छ ।

शरीरको पाटोमा लीलाको मृत्युपर्यन्त उन्को दाहसंस्कारका लागि लीलाका परिवारहरुले देखाएको वेवास्ता र लीलाका आफन्तहरुको गैरहाजिरी प्रस्तुत गरिन्छ । साथीहरुले लीलाको शरीरलाई अन्तिम बिदाई गर्न गरेका कसरतहरु त्यहाँ प्रस्तुत छ । परिवारले स्वीकार नगरेपछि साथीहरुले अन्तिम संस्कार गर्न खोज्दा काुननी झन्झटहरु पनि यहाँ निकै भएको पाइन्छ, लीलाका साथीहरु उन्को शरीरलाई राम्रो अन्तिम बिदाई गर्न चाहन्छन्, रिती अनुसार… जुन असम्भव बनिदिन्छ ।

समग्रमा यस उपन्यासमा टर्कीको सामाजिक र आर्थिक बिकास, इतिहास अनि सामाजिक रुपान्तरणका क्रमहरु प्रस्तुत छन् भने त्यहाँको समाजका पुरातनवादी रितलाई एउटा झटारो पनि छ । एउटा शहरबाट निकाला गरिएकी लीला अर्को शहरमा मारिएकी हुन्, शफाकले परम्परा र आधूनिकताको एउटा सेतुको रुपमा प्रश्नलाई नै उभ्याइदिएका छन् । लीलाका मिल्ने साथीहरुमा एकजना सोमालीयाकी नारी पनि छिन्, विश्वन्धुत्वका छायाँ पनि उस पुस्तकमा छन् र मुख्यतया देशका रैथाने र आप्रवासी सबैलाई समाजले पीडाका खातहरु उतिकै नै दिएको बताउन खोजिएको छ । लीला टर्की कै भएर पनि सोमालियाकी जमिला जत्तिकै संघर्षरत छिन्, दुबैको संघर्ष उस्तै छ र फरक यति हो कि लीला आफ्नै मातृभूमिमा संघर्षरत छिन अनि जमिला परदेशमा ।

जयनव लेवनानबाट टर्की छिरेको मुसलमान शरणार्थी हो, लीलाको अर्को मिल्ने साथी । लीलाको प्रेमी डि अली एउटा कलाकार र अभियन्ता हो । एनाटोलीयाकी नलान भने तेस्रोलिंगी महिला हुन जो एनाटोलीयाबाट आएकी हुन् । एउटा समावेशी संघर्षकर्ताहरुको समूहमा बसेकी लीलाको बिभत्स हत्याले टर्कीमा यौनकर्मीहरुको औसत अवस्था पनि प्रतिनिधित्व गरेको छ ।

मृत्युको अर्थ र स्कोप पूर्नपरिभाषित गरिएको यो पुस्तकले मृत्युको क्लीनीकल र नन क्लीनीकल दुबै धारलाई केलाएको छ , मौका पारेरै पढ्नुहोला ।


Loading comments...