
सालकले मानवमा फैलाएको हुनसक्छ ‘कोरोना भाइरस’को संक्रमणः अध्ययन
२६ माघ २०७६, आईतवार १९:३८
कोरोना भाइरस संक्रमणका बिभिन्न तथ्यहरु आइरहेका छन्, हालै चमेरा र मानव बिचको संक्रमण चक्रको तथ्य पनि फेला परेको हो । अहिले चमेरो र मानव संक्रमण चक्रमा नयाँ जीव सालक (पेन्गोलीन – Pangolins)को भूमिका फेला परेको छ । सालक सानो खबटाहरु भएको जीव हो जुन हेर्दा छुचुन्द्रो अथवा मुसा झैं देखिन्छ र यो नेपालमा पनि पाइन्छ । सुरक्षा सम्बन्धि पहिरन बनाउने कम्पनिहरुमा यसको अत्यधिक माँग हुन थालेपछि २० को दशकदेखि नै एसियन राष्ट्रहरुबाट यसको चोरी तस्करी हुँदा अहिले यो संरक्षित जीवको सूचिमा छ ।
चिनिँया अध्ययनकर्ताहरुका अनुसार यस दुर्लभ जीवको सहभागीता कोरोना संक्रमण वृद्धि गर्नका लागि निकै पाइएको हो भन्ने निश्कर्ष निकालेका छन् । चीनमा मात्र ७२० जनाको मृत्यू (अधिकांश चिनिया नागरिक) भएको र विश्वभरि ३७ हजार भन्दा बढि मानिसहरुमा फैलिएको छ ।
#Pangolins may have spread #coronavirus to humans, researchers found https://t.co/9yTJOIkFU4 via @Guardian | The disease has killed over 720 people worldwide as of today, mostly in China.
Int’l trade in all 8 species of #pangolin is prohibited under CITES. ?by @greatbigstory pic.twitter.com/MaOTQlHUOS
— CITES (@CITES) February 8, 2020
कोरोना भाइरसको संक्रमणमा चमेरोको सहभागीता समेत यसअघिका अध्ययनहरुमा भेटिएको थियो । मानिसहरुमा भेटिएको संक्रमण चक्र र चमेराको शरीरमा भेटिएको जिवाणु ९६ प्रतिशत मिल्न गएका थिए । सन् २००२ देखि २००३ मा चीनमा नै भएको सार्स महामारीका समय ‘सिभेट’ भन्ने सानो जीवको सहभागीता पाइएको थियो, सिभेटलाई चीनमा बिशेष परिकार मानेर खाने चलन थियो ।
मानव शरीरमा पनि जंगली जेनेटिक बिवरणहरु छन् अनि जंगली स्तनधारी जनावरहरुको शरीरले मानिसमा भाइरस सार्न एउटा करियरको काम गर्न सक्दछन् । चमेराको शरीरमा भएको सेलुलर हार्डवेयर मानव रिसेप्टरमा सार्न सक्ने पाइएको थिएन तसर्थ अध्ययनकर्ताहरुले चमेरो र मानव संक्रमणकाबिचमा अर्को एउटा स्तनधारी जीव रहेको शंका व्यक्त गरिरहेका थिए । ‘सिन्हवा न्यूज एजेन्सी’का अनुसार १०० भन्दा बढि स्तनधारीहरुमा गरिएको अध्ययन पछि सालकको शरीरमा ९९ प्रतिशत मानव रिसेप्टरमा प्रभाव पार्न सक्ने संक्रमण क्षमता छ भन्ने पत्ता लागेको हो ।
हुन त पश्चिमा अध्ययनकर्ताहरु अनि क्याम्ब्रीज विश्वबिद्यालयका प्राध्यापक अनि भाइरोलोजीस्टहरु नै चीनले भने अनुसार सालककेन्द्रित संक्रमणको कारणमा भने चित्त बुझाएको देखिदैन । उनीहरुका अनुसार करियर जनावरको भाइरल आरएनए मात्र जाँचेर पुग्दैन ।
विश्व स्वास्थ्य चुनौति बनेको कोरोना संक्रमणले चीनलाई उको दैनिक खानपान अझ विशेष विभिन्न जनावरहरुको मासु खाने जथाभावी उपभोग गर्ने विषयमा भने गम्भिर ज्ञान दिएको छ । सार्स महामारीका दौरान सुभेटको बिक्रि बितरण रोकेको चीनले के अब सालकलाई (पेन्गोलीन) पनि सावधानीपूर्वक प्रतिबन्ध लगाउनेछ या अरु नै केहि निर्णय अपनाउँछ त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन