९२ वर्षको ओस्कार इतिहासमा पहिलो गैरअंग्रेजी चलचित्रलाई पुरस्कार


पारासाइट एउटा दक्षिण कोरियन चलचित्र हो, शुरुमा एक ग्लास रक्सी वोलको गीतका कारणले चर्चाम आएको पारासाइट आफ्नो दमदार प्रस्तुति र कथाका कारणले शुरुवात बाटै ओस्कारमा छाइरहेको थियो । आज ९२ वर्षको ओस्कार इतिहासमा पहिलो गैर अँग्रेजी चलचित्रका रुपमा पारासाइटले आफ्नो यस वर्षको सर्वाधिक उत्कृष्ट चलचित्रमा नाम राख्न सफल भएको छ । १९१७, वान्स अपन ए टाइम इन हलिवुड र द आइरिशम्यान जस्ता ठूला लगानी र स्टारकास्टका चलचित्रलाई पछि पार्दे यस वर्ष कोरियाली पारासाइटले जादु देखाएको छ ।

गत वर्षको केन्स चलचित्र उत्सवमा पनि पारासाइटले उत्कृष्ट चलचित्रको अवार्ड पाएको थियो । कोरियाली निर्देशक बगं जोगं हो को यस प्राप्तीका लागि दर्शकदिर्घाले उभिएर ताली बजाएका थिए । रंगभेदी अनि भाषामा असमान भएको भनी चलचित्रको छनौटका विषयमा आरोप लागेको ओस्कार छनौट अनि पुरस्कार निर्धारण कमिटीले यस वर्ष एसियाली चलचित्र र गैरअंग्रेजी संवादलाई ओस्कार दिएपछि विश्वको रंगमञ्चको इतिहासमा ओस्कारको ९२ वर्षको श्रृखलामा पहिलोपटक ओस्कार अंग्रेजी भाषा भन्दा परको हातमा पुगेको हो ।
पारासाइटका निर्देशक बगं जगं ले खुशी हुँदै आज अब म रमाइलो गर्न र खुशी साट्न तयार भएको भनी दर्शकदिर्घालाई धन्यवाद दिँदै भनेका छन् ।

यो पनि पढ्नुहोस्

एक ग्लास रक्सी

ओस्कार अवार्डको सर्वोत्कृष्ट विदेशी चलचित्रमा दक्षिण कोरियाली चलचित्र प्यारासाइट चयन

लाइभमाण्डु


Loading comments...