Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

के चीनले कोरोना भाइरसको मृतक संख्या लुकाइरहेको त छैन ?

२७ माघ २०७६, सोमबार १३:१५


चीनले कोरोना भाइरससंग लड्न आफ्ना संयन्त्रहरु तिखारिरहेको छ र हरसंभव प्रयास गरिरहेको छ । यद्धपि पछिल्ला दिनहरुमा चीनले कोरोना भाइरसको संक्रमीतहरुको पठाएको डाटामा सन्देश उत्पन्न भएको हो । संयुक्त राष्ट्र संघ लगायत अन्य सम्बन्धीत संघसंस्थाहरु अनि पत्रकारहरुले चीनमा कोरोना भाइरसको मृतकको संख्या बताएको भन्दा धेरै भएको र चीनले गोप्य रुपमा कोरोना संक्रमीत मृतकहरुको दाहसंस्कार गरिरहेको सम्म पनि आरोप लगाएका छन् । चीनमा यस महामारीको निरन्तर पैरवी अनि अपडेट गरिरहेको स्क्रीन ग्राव नामक साइटले एकफेर आफ्नो साइटमा नै २४५८९ जनाको मृत्यु भएको डाटा देखाएको थियो जुन पछि प्राविधिक त्रुटी भनि साइटले सच्यायो, के त्यहि डाटा नै त्यतिबेलाको सत्य डाटा थियो त भन्ने पनि आवाजहरु उठिरहेका छन् । समाजवादी देश चीनमा देश र सरकार सर्वाधिक प्रार्थमिक्तामा राखिन्छ, यसअर्थमा कतै संक्रमीतहरुलाई थप संक्रमण बढ्न नदिन र अरुमा सर्न नदिन गोप्य रुपमा मारिइरहेको त छैन भन्ने प्रश्न पनि अन्तराष्ट्रिय समुदायमा उठिरहेका छन् । कुनै समयका बिश्वभरि मै सर्वाधिक चहलपहल हुने चीनका शहरहरु अहिले सुनसान छन्, यस सुनसान अनि शून्यतामा सरकारले कोरोना भाइरस संक्रमीत हजारौं उपचारार्थ बिरामीहरुको हत्या त गरिरहेको छैन भन्ने आशंका उब्जनु अस्वभाविक चाँही हैन ।

द सन नामक बेलायतको एउटा पत्रिकाले यस विषयमा चीनमा केहि चिहान नजिक बस्ने मान्छेहरुसंग सोधपुछ गरि खबर निकालेको पाइयो । वुहानका यि चिहान नजिक बस्ने अनि काम गर्नेहरुका अनुसार सरकारले दैनिक जसो सैयौं लाशहरु चिहानमा पठाइरहेको र ति लाशहरु उचित रुपमा पहिचान र रेकर्ड नगरिकन आएका उनीहरुले बताएका भनिएको छ । आखिर किन मृतकको संख्या र पहिचान लुकाउन तारतम्य बनाँउदैछ चीन ?

शायद चीन सहि मृतकको संख्या देखाएर आफूलाई कमजोर देखाउन चाहँदैन, चीन त बिश्व स्वास्थ संगठनले चीनमा यो महामारीको घोषणा गर्दा पनि रुष्ठ नै भएको बताइन्छ । चीन आफ्नो समस्या आँफै समाधान गर्न चाहन्छ र यस संक्रमणका कारणले भविष्यमा चीनको आर्थिक बृद्धि दर, पर्यटन, आयात निर्यातमा न्यूनतम असर गरोस भन्ने पनि चाहन्छ ।

अंग्रेजी र जर्मन समाचार एजेन्सी डिडव्लु न्यूजमा विलियन यागं हुवानमा चिहान वरपर पुगेर द सनको समाचारलाई भेरिफाई गर्न गए र उन्का अनुसार पनि चिहानमा काम गर्ने कामदारहरुले दैनिक सैयौंको संख्यामा पहिचान नखुलेका लाशहरु त्यहाँ आउने गर्दछन् । चीनले देशमा घटेको भन्दा निकै कम मात्र मृत्यु को जानकारी गराएको र अभिलेख राखेको हुन सक्ने प्रशस्त आधारहरु छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,