
क्यान्सर पिडित राई ले पाए ज्योति लाइफ बाट घातक रोग लागे बापत पाउने भुक्तानी
बिराटनगर १२ पन्चमुखी चोक बसोबास गर्दै आएका बिनोद राई ,पेटमा देखिएको समस्याले चेक जाँचको क्रममा हजारतिर भौतारिए, अन्ततः पित्तथैलीको क्यान्सर भएको निष्कर्ष निस्कियो। ज्योति लाईफमा जीवन बीमा गर्दा घातक रोग समेत समावेश गरेका कारण २ लाख रुपैयाँ घातक रोगको उपचार खर्च बापतको प्राप्त गरेका छन् ।
ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आउनु भएका बिनोद राई लाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक द्वय कबिराज दाहाल,मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले सो चेक हस्तान्तरण गरेका हुन् । हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।
२ बर्ष अघि २ लाख बीमाङ्क घातक रोग सुविधा सहितको विमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैली को क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
ज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत ५० लाख सम्म दावी भुक्तानी गर्ने गर्दछ ।