अफ्रिकाकै अन्तिम जाइन्ट हात्तिको मृत्यु


अफ्रिकाका सर्वाधिक ठूला हात्तिहरुलाई टस्कर हात्ति भनिन्छ, केन्यामा रहेको ५० वर्षिय बिग टिम नामक टस्कर हात्तिको मृत्युसँगै अब अफ्रिका महादेशमा टस्कर हात्तिहरुको अन्त भएको बताइन्छ । केडव्लुएस केन्या वाइल्ड लाइफ सर्भिसेसका अनुसार बिग टीमको आम्वोसेली नेशनल पार्कको वादा भन्ने ठाँउमा प्राकृतिक कारणले ५० वर्षमा मृत्यु भएको हो । बिग टीम केन्यामा मात्र नभई अफ्रिकाभरि अनि विश्वभरिका वन्यजन्तुका लागि चासो राख्नेहरुका लागि चर्चित थियो । सुस्तरि हिँड्ने, विशाल अनि शान्त स्वभावको बिग टीमको मृत शरीर भने किलिमान्जारो पर्वत आसपासका क्षेत्रमा पाइएको हो । गत मंगलबार बिग टीमको मृत्यु भएको थियो ।

टस्कर हात्तिहरुको टस्क अर्थात दाँत चाँही बढ्दै जान्छ, बुढेसकालमा हात्तिहरुको दाँत यति बढ्छ कि कहिलेकाँही त उनीहरु हिँड्दा पनि शीर झुकेमा दाँत भुँईमा लतारिएर हात्तिलाई नै घाइते बनाँउदछ । यस्ता टस्क सहितका हात्तिहरु पूरा अफ्रिका महादेशभरि मा नै केवल एक दर्जन पनि बाँकी नभएको तथ्याकं देखिन्छ, शिकारी चोरी पैठारी गिरोहले गर्दा अफ्रिकाका वन्यजन्तुहरुको सुरक्षा मा ठूलै समस्या आएको छ ।

बिग टीम समयसमयमा नेशनल पार्कबाट बाहिर गएर खेतहरुमा पनि चर्नेगरेको बताइन्छ, अनेकन पटक बिग टीम शिकारी र रिसाएका गाँउलेहरुबाट आफूलाई जोगाँउदै सकुशल नेशनल पार्क फर्किएका थिए । एकफेर बिग टीमको काँधमा शिकारीहरुले हानेको भाला लागेको थियो, कानलाई छेडेर भाला उनको काँधसम्म पुग्यो र केहि वर्ष लगाएर पशुचिकित्सकहरुले यिनको उपचार गरेका थिए ।


Loading comments...