सिन्धुपाल्चोकमा कोरोना भारइसको लक्षणमिल्दो स्वास्थ्य समस्या, जुगल गाउँपालिकाले गर्यो पत्राचार


सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका वडा नं ३ साविक गुम्वा गा बि स, वडा नं ८ गुम्बा वस्तीमा मिती २०७६ बिसं १० महिना २७ गते हाल विश्वमा फैलिरहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्दोखालको रुघा, खोकी र अत्याधिक ज्वरो जस्तो देखिने बिरामीहरु फेला परेका छन् । यस विषयमा जुगल गाउँपालिकाको कार्यालयले आवश्यक सहयोग गरिदिनु हुन आग्रह सहितको पत्र प्रेषण गरेको छ ।

उक्त पत्रमा प्रशासकिय अधिकृत लोक बहादुर विकको हस्ताक्षर रहेको छ । यस पत्र सन् २०७६ साल १० को २८ मा प्रेषित गरिएको हो, यस प्रकारका शंकास्पद संक्रमण देखिएपछि प्रदेश नंबर २ को सामाजिक बिकास मन्त्रालय, सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ कार्यालय सिन्धुपाल्चोकलाई बोधार्थ राखिएको छ ।

यदि सिन्धुपाल्चोकको यो संक्रमण कोरोना पुष्टि भएमा नेपाल विश्वमा चीनपछि सर्वाधिक धेरै कोरोना संक्रमणको जोखिममा रहेको देशको सूचीमा पर्नसक्नेछ ।

यस्तो छ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गरेको पत्राचार


Loading comments...