ट्यूनीसीयादेखि मक्काको यात्रा गर्ने प्रथम महिला साइकलीस्ट र उनको ‘मरजोगा’


ट्यूनीसीयाबाट मक्कासम्म साइकलमा पुगेकी यि महिला साइकलीस्ट मुसलमानहरुको पवित्र शहर मक्कामा दर्शनार्थ साइकलमा पुग्ने प्रथम महिला साइकलीस्ट भएकी छिन् । ट्यूनीसीयाकी महिला सारा हव्वा ५३ दिन लगाएर साइकलमा ट्यूनीसीयाबाट साउदी अरबको पवित्र मक्का शहर पुगिन् । ईजिप्टका मरुभूमि अनि सुडान हुँदै उनी साउदी छिरेकी थिइन, #cyclingtomekka  गरेमा यिनका यात्राका पोष्टहरु देख्न सकिन्छ । साइकलको नाम यिनले मरजोगा राखेकी छिन्, यसको अर्थ चाँही माधरेवी अरबीमा अफ्ठेरो कुरासंग सामना गर्न भगवानले आशिष साथ दिएको कुरा या साधन भन्ने हुन्छ । ईन्स्टाग्राममा चाँही यिनले आफू आफ्नो शरीर र साधनले साथ नदेला भनेंर डराएको लेखेकी छिन् ।


साउदीमा जाने ४५ वर्ष भन्दा कमका सबै हाजी महिलाहरु महरम अर्थात रक्त सम्बन्ध भएका पुरुषहरुसंग मात्र आउन पाउने प्रावधान छ हव्वा चाँही साउदी छिर्दा हाजीका रुपमा नछिरेकी ले यो महरमको समस्या परेन । साउदी छिरेपछि यिनले मक्कासम्म साइकल लगेरै छाडिन्, पैगम्बरको दर्शनार्थ यिनी आफ्नो देशबाट साइकलमा नै मक्कासम्म पुगिदिइन । ईजिप्टको मरुभूमिमा भाँचिएको साइल यिनले आँफै बनाइन, घरबाट हिँडेको १६ दिनमा सुडान सिमामा पुगेकी हव्वालाई २०० किमि परबाट एकजना सुडानी महिला भेट्न आएकी थिइन । सामाजिक सञ्जाल ले हव्वालाई निकै भाइरल बनायो । हव्वाले सबै जनालाई मक्काबाट धन्यवाद दिएकी छिन्, वाटामा पानी दिने, फलफुल दिने देखि हौसला दिने सम्म सबैलाई हव्वाको साधुवाद छ ।


Loading comments...