
तस्वीरमा वग्दादको हिमपात
२९ माघ २०७६, बुधबार १५:०९
युवा र वृद्ध ईराकीहरुका अनुसार वग्दादमा यसरी वाक्लो हिमपात भएको पहिलोपटक उनीहरुले थाहा पाएका, सुनेका अनि देखेका हुन् । यसवर्ष हिँउदमा ईराकको राजधानी वग्दादमा बाक्लो हिमपात भएको छ, मोसुल शहरको तिग्रुस खोलाका किनारहरु सेताम्मे भएका छन् । सन् २००८ मा पनि पातलो हिमपात भएको थियो तर यस वर्ष त हिँउका चाक्लाहरु निकै वाक्ला नै झरेको पाइयो । संभवत वग्दादको यस शताव्दीकै पहिलो वाक्लो हिमपात हो, विगतका १०० वर्षमा ईराकी भूमिले यस्तो हिमपात देखेको थिएन ।
ईराकी मेट्रोपोलोजीकल केन्द्रका अनुसार यूरोपबाट चिसो हावा आएर ईराकमा चिसो ह्वात्तै बढेको हो, वग्दादका मान्छेहरु चिसो भन्दा तातोसंग बाँच्न बढि अभ्यस्त छन् । यस वर्ष ईराकमा सर्वाधिक धेरै तापक्रम ५१ डिग्री सेल्सियस धेरैपटक रेकर्ड गरिएको छ । शिया मुसलमानहरुको पवित्र शहर कार्वलामा पनि कार्पेट ओछ्याइएको झैं हिँउहरु ओछ्याइएको जस्ते देखिन्छ, उत्तरी ईराकमा हिमपात सामान्य नै मानिएपनि वग्दाद आसपासमा भनें भएको हिमपातले सबैलाई अचम्म पारिदिएको छ । सन् २०१८ मा पानीको समस्या भएको ईराकमा पछिल्ला वर्षहरुमा निकै वर्षा अनि बाढीहरु पनि भए, ईराकमा आजभोलीका वर्षहरुमा निकै अचम्मका मौसमहरु भइरहेका छन् । विश्वकै सर्वाधिक गर्मी देशहरु मध्य पर्ने अनि मध्यपूर्वको गर्मीमा अवस्थित ईराकको हिमपातका तस्वीहरु लाइभमाण्डुमा ।
यि तस्वीरहरु हामीले अलजजिरावाट साभार गरेका हौं ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,