
अष्ट्रेलीयाको राष्ट्रिय लाजको विषय : एबोर्जिनहरुलाई बेवास्ता
अष्ट्रेलीयाली सरकारले नै एबोर्जिनहरुलाई सहयोग गर्न नसक्नु अनि स्वास्थ सेवा अनि शिक्षाको मुलधारमा उनीहरुलाई समाहित गर्न नसक्नु राष्ट्रिय लाजको विषय भएको बताएका छन् । प्रधानमन्त्री स्कोट मोरिसनले मगंलवार संसदमा यो तथ्य बताएका हुन्, सरकारले राष्ट्रिय योजना बनाएर ७ वुँदे आधारहरु घोषण गर्दै एबोर्जिनहरुको अवस्था सुधारका लागि काम गर्ने निति ल्याएपनि विगतका केहि वर्ष देखि केवल २ वटा बुँदामा मात्र न्यून काम भएको पाइन्छ । हुन त यसवर्ष अन्य वर्षहरुको तुलनामा धेरै एबोर्जिनल बालबालिकाहरु बिधालयमा भर्ना हुन आए तर उनीहरुको हाजिरी भनें न्यून छ, बिधालयमा उनीहरुको दैनिक उपस्थिति बढाउन भनें सरकारले सकेको छैन ।
एबोर्जिनहरुमा बाल मृत्यु दर, औसत आय, साक्षरता लगायतका बिषयहरुमा त कुनै केहि सुधार नै नभएको प्रधनमन्त्री स्वयमले बताँउदै यस विषयलाई राष्ट्रिय लज्जा र कटु सत्यका रुपमा लिन सबैलाई बताएका छन् । २५० वर्ष अघि क्याप्टेन कुक नामक जहाजी त्यहाँ आएर अष्ट्रेलीयालाई विश्वसामु उजागर गरे, यद्धपि कुकको भनें त्यहाँ हत्या भएको थियो । क्याप्टेन कुको अष्ट्रेलीया अन्वेषण पछि बेलायती उपनीवेश भएको अष्ट्रेलीयामा त्यहाँका रैथाने एबोर्जिनहरुको भनें सदैव दुरावस्था नै रहेको पाइन्छ । एबोर्जिननल बालबालिका अन्य बालबालिकाका तुलनामा ५ वर्ष पुग्नु अगावै ५ गुणा धेरै बालमृत्यु दरको जोखिममा रहेका र अन्य सामान्य जनसंख्या भन्दा एबोर्जिनहरु २५ गुणा बढि कारागार जाने दर रहेको अष्ट्रेलीयाली सरकारी तथ्यांकले देखाँउदछ ।
आजभन्दा १२ वर्षअघि तत्कालिन अष्ट्रेलीयन प्रधानमन्त्री केभिन रडले एबोर्जिनहरुसंग आम माफी नै मागेका थिए, त्यसको १२ औं वर्षको संझनामा अहिलेका प्रधानमन्त्री मोरिसनले पनि एबोर्जिन उत्थान गर्न नसक्नु राष्ट्रिय लज्जाको बिषय भनी बताएका छन् ।
सुयोग ढकाल
लाइभमाण्डु