अमेरीकामा एक मानसिक रोगी महिलाको जेलमैं प्रताडनाका कारण मृत्यू


अमेरिको वासिंगटनमा मानसिक स्वास्थमा समस्या भएर अलग्गै सेलमा राखिएकी ५ सन्तानकी एक महिलाको दर्दनाक मृत्यूको भिडियो ब्रिटिस मेडिया ‘डेली मेल’ले आफ्नो अनलाईनबाट सार्वजनिक गरेको छ । घस्रिएर अनि वान्ता गर्दै बसेकी र लगतार ४ दिनसम्म भोक्कै राखिएकी ति महिलाको अन्नतोगत्वा मृत्यू भयो । सन् २१०७ को डिसेम्बर ३० मा नै यिनका पतिले मानसिक स्वास्थ्यको कारण यिनलाई मानसिक सुधार केन्द्र पठाएका थिए । डामारिस रोड्ररीगेज नामकी यि महिलालाई स्वास्थ सुधारमा राखिनुको साटो प्रहरीले थर्ड डिग्री टर्चर दिएर कारागारमा राखेको बताइन्छ ।


डेली मेलले सार्वजनिक गरेको फुटेजमा यि महिलालाई ३ जना प्रहरीले हत्कडी सहित ल्याएर चिसो भुँईमा कारागारमा राख्दछन् अनि त्यही उनी मुडो लडे झैं लडिरहेकी देखिन्छिन । लगभग १०६ घण्टा चिसो अनि भोकमा बस्नु परेपछि यि महिलाको मृत्यू हुन्छ । जनवरी ३ मा मृत्यू हुनु केहि समय अगाडि मात्र कारागारमा यिनले काम्दै अनि कमजोर अवस्थामा पानी खाएको देख्न सकिन्छ । उनका छोराका अनुसार आमालाई बाइपोलार डिजेज भएकोमा प्रहरीले गलत रुपमा पक्राउ गरि अपराधीको रुपमा राखेको हुनाले यस्तो भयो ।

अपराधी र बिरामीबिचको भिन्नतालाई संयन्त्रले बुझ्न नसकेकोमा अहिले अमेरिकी प्रशासनको सर्वत्र बिरोध पनि भइरहेको छ । उनी बिरामी थिइन यद्धपी यिनलाई ठूलै अपराधिको रुपमा कारागारमा राखियो, अमेरिकाजस्तो बिकसित देशमा भोकले अनि यातनाले कैदिहरु मारिनु र बिरामीलाई कैदि बनाइनु कतिसम्मको न्यायसंगत हो त ? मनन योग्य कुरा हो ।


Loading comments...