
बंगलादेशमा १३० जना रोहिंग्या शरणार्थी बोकेको डुंगा पल्टीयो, १५ जनाको मृत्यु
बंगलादेशी क्याम्पबाट १२५ जना रोहिंग्या शरणार्थीहरु बोकेर हिँडेको डुंगा अत्यधिक भारका कारण पल्टिदा बङ्गालको खाडीमा १५ जना रोहिंग्या मुसलमानहरुको मृत्यु भएको खबर छ । मृतकहरुमा अत्याधिक महिलाहरु छन् भने ४ जना बालबालिका अनि केही पुरुषहरु रहेकाछन् । बंगलादेशको जलसेनाका अधिकारी र उद्धारकर्ताहरुले यिनीहरुको मृत शरीर समुन्द्रबाट निकालेको थियो । यो डुंगा बङ्गालको खाडीमा रहेको सेन्ट मार्टिन टापुबाट टेकनाफ भन्ने ठाँउ फर्कने क्रममा दुर्घटना भएको बताइए पनि उक्त डुंगा मलेशियातर्फ हिंडेको आशंका गरिएको छ ।
त्यस डुंगामा सवार शरणार्थीहरु मुख्यरुपमा बंगलादेशको कक्स बाजारस्थित शरणार्थी शिविरमा बस्नेहरु थिए र उनीहरु मलेशिया जाने प्रयासमा रहेका देखिन्छन् । स्थानीय प्रशासनको रिपोर्टको संकेत मान्ने हो भने यो यात्रामा दुई डुंगाहरु थिए जसमध्ये एउटा दुर्घटनामा पर्यो । तर अर्को डुंगालाई के भयो त्यसको अझै कुनै जानकारी छैन । पछिल्लो समय मलेशिया रोहिंग्या शरणार्थिहरुका लागि बांग्लादेशको अत्यधिक भीडभाडयुक्त शिविरको स्थितिबाट बच्ने एउटा सामान्य गन्तव्य बन्दै गएको छ ।
स्थानीय प्रहरी यस विषयमा स्पष्ट छन् र यस दुर्घट्नालाई मानव तस्करीसँग जोडेर हेरीरहेको छ । यसै क्रममा बंगलादेश प्रहरीले मानव तस्करीसँग जोडिएको हुनसक्ने आशंकामा ९ जनालाई पक्राउ समेत गरेको छ ।
9 human trafficking suspects have been arrested, Bangladesh police said Thursday, after 15 Rohingya refugees drowned when an overloaded boat sank as it tried to reach Malaysia.They have been arrested in the past two days deputy police chief of Cox’s Bazar Ikbal Hossain, told AFP pic.twitter.com/voSKqKTFUg
— Ro Yassin Abdumonab (@Muhamma29985123) February 14, 2020
सन् २०१७ मा म्यानमारमा मच्चिएको जातिय हिंसाले अल्पसंख्यक रोहिंग्याहरुमाथि भएको सामूहिक हत्या, बलात्कार र हत्याको त्रासबाट त्रसित भएर विगतका समयमा बङ्गलादेशमा म्यानमारबाट करिब ७३०,००० रोहिंग्याहरु शरणार्थीका रुपमा प्रवेश गरेका थिए । म्यानमारी सैनिकको प्रत्यक्ष सहभागिता रहेको त्यस नरसंहारमा हज्जारौं रोहिंग्याहरु विगतका २ वर्षदेखि बङ्गलादेशमा शरण लिएर बसिरहेका छन् भने त्यस्तै केही संख्याका रोहिंग्याहरु भारतले स्वागत गर्ने बाटो कुरिरहेका थिए तर केही महिना अघि बिजेपी सरकारले बहुमतद्वारा नागरीकता शंसोधन बिधेयक पारित गरेर मुस्लिमहरुका लागि आप्रवासन नागरीकता पाउने कुनै पनि सम्भावनामाथि लगाम लगाएको छ ।