सिरियामा झारिएको हेलीकप्टर


उत्तरपश्चिम सिरियामा एउटा मिलिटरी हेलीकप्टरलाई आतंकवादी समुहले खसालेका छन्, अहिले सिरियामा सरकारी समर्थक र बिद्रोहीहरुको झडप अनि मान्छेहरु बिस्थापित हुने क्रम झनै बढेको छ । उम अल कुब्रा शहरको आकाशमा यस सेनाको हेलीकप्टरलाई मिसाइल हानेर खसाइएको चाँही स्थानीय समय अनुसार दिँउसोको १ बजेर ४० मिनेट मा हो । साना न्यूज एजेन्सीका अनुसार हेलीकप्टरमा सवार सबैको मृत्यु भएको छ । उता बिद्रोही पक्षले नैराव शहरमा अर्को पनि सरकारी हेलीकप्टर झारेको दाबी गरिरहेका छन्, सिरियाका आकाशहरुमा बिदेशी फाइटर जहाजको आतंकका अलावा अब देशभित्रकै बिद्रोही समुहको पनि जोखिम बढ्दै गएको छ ।
रुस सर्मथित सरकारी पक्षहरुलाई बिद्रोहीहरुले दबाब दिँदै आएक छन्, सिरियाका सबै शहरहरु तहसनहस छन् भनें अधिकांश सिरियालीहरु देश छाडेर आप्रवासीका रुपमा परदेश गइसकेका छन् । भवनका भग्नावशेषमा पुराना र सडेका लाशहरु पनि छन्, अनि घरका भित्तामा बम र गोलीका दागहरु मात्र ।

सिरियाको ९ वर्षिय द्धन्दले ८ लाख सिरियनहरुलाई टर्की वोर्डर जान बाध्य बनायो यद्धपी टर्कीले चाँही आफूसंग अहिले नै ३६ लाख सिरियन आप्रवासी भएको र थप आप्रवासी राख्न नसक्ने बताएको छ । सिरियनहरु ज्यान जोखिममा राख्दै अन्य देशहरु जाने, यौन शोषणमा पर्ने अनि जोखिमपूर्ण रुपमा वोर्डर पार गर्दा मारिने संख्या बढ्दो छ ।

लाइभमाण्डु


Loading comments...