टम एण्ड जेरी कार्टुनको ८० वर्ष


टम र जेरी कार्टुन बिश्वभर चर्चित छ, यिनै कार्टुन चरित्रहरुसंग खेल्दै हेर्दै लुटपुटिएर कैयन पुस्ताहरु हुर्किएका छन्, के यहाँहरुलाई थाहा छ कि टम र जेरी कार्टुन श्रृजना भएको ८० औं वार्षिकोत्सव भर्खरै मनाइएको छ ।

प्रथम बिश्वयूद्ध ताकाको कोल्ड वार अर्थात शितयूद्ध ताका यस कार्टुनको श्रृजना भयो, बिरालो टम र मुसा जेरीका योजनाहरु, मित्रता, शत्रुता अनि अन्य जनावरहरु कुकुर, चरा, हाँस आदिहरुले यी कार्टुनको रौनतकतामा सदैव अभिबृद्धि गरेका हुन् । बिल हाना र जोय बार्वरा एमजीएम एनीमेशन कम्पनीका कार्टुनिस्टहरु थिए, यिनीहरुले टम र जेरीलाई आफ्ना कार्टुनका पर्दामा जन्म दिए । मिक्की माउस र पोर्गी पिग पनि यिनीहरुकै श्रृजना हो । यि दुबै सर्जकहरु उतिवेला ३० वर्षका पनि भएका थिएनन, बिरालो र मुसाको झगडालाई पर्दामा उतार्ने यिनीहरुको सोचले बिश्वलाई जन्मजन्मान्तर याद हुने कार्टुन पात्रहरु दिएर गयो ।

सन् १९४० मा बजारमा आएका टम र जेरीले ओस्कारमा पनि बेस्ट शर्ट एनीमेशनको अवार्ड त पायो तर सर्जकहरुलाई क्रेडिट दिइएन, कम्पनीको नामलाई मात्र अघि ल्याइयो । चार्ली च्याप्लीनको मौन हास्य श्रृखलाहरुको वर्चस्व रहेको समयमा टम जेरीलाई आवाज दिइएको थिएन तर पछि ज्यास्पर र जीन्क्स नामका कलाकारहरुको आवाज टम र जेरीको प्रथम आवाज भयो ।

हाना र बार्वराले १०० भन्दा धेरै टम जेरीका श्रृखलाहरु बनाए, हरेक श्रृखलामा उतिबेलै ५० हजार भन्दा धेरै डलरहरु खर्च हुन्थे, यो धेरै महँगो परियोजना थियो । बिभिन्न हलीवुड चलचित्र र एकाडेमी ओस्कारका शो हरुमा पनि टम र जेरीका एक्टहरु देखाइए । सन् १९५७ मा एमजीएम कम्पनी बन्द भएपछि हाना र बार्वराले आफ्नै स्टुडियो बनाएर टम र जेरीलाई निरन्तरता दिएका हुन् । फेरि सन् १९६१ मा चेक रिपव्लीकमा स्टुडियो खालेर एमजीएमले नै टम जेरीको उत्पादनलाई निरन्तरता दिएको देखिन्छ, एमजीएमले पछिल्ला समयमा टमका आँखीभुँईहरु अलिक बाक्लो गराएर ल्याएको पनि देखिन्छ । उता हाना र बार्वराले पनि टम र जेरी उत्पादनमा निरन्तरता दिइरहेका थिए, पछिल्लो समयमा ईजिप्टको सरकारले सन् २०१६ मा टम जेरी श्रृखलालाई धेरै हिंसा प्रयोग गरेको आरोप लगायो । टम जेरीका कथाहरु पटक पटक फेरिए, लेखिए अनि परिमार्जन गरिए, आज टम र जेरीले ८० वर्ष पुरा गरेका छन् । सन् १९९२ मा त एउटा सांगितिक चलचित्र नै टम र जेरीको स्वरुपमा बनाइयो, यो निकै हिट पनि भयो ।

हाना सन् २००१ मा बिते भनें बार्वरा सन् २००६ मा बिते तर टम र जेरीले निरन्तरता पाइनै रह्यो । टम एण्ड जेरीको अधिकार अहिले वार्नर ब्रोस नाम गरेको चलचित्र उत्पादक कम्पनीसंग रहेको छ ।

टम एउड जेरी दुबैलाई शुभकामना, हामी अरु धेरै टम एण्ड जेरीका श्रृखलाहरु हेर्न चाहन्छौं हैन त ?

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...