‘ओमर खय्याम’ एउटा इरानी कवि अनि उनका कविताहरु


हामी नेपालीहरुकालागी संसारभरिका साहित्यको सरल नेपाली अनुवादका क्रममा हामीले विभिन्न लेखक अनि सर्जकका विश्वभरिका कृतीहरुको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आएकोमा, आउनुहोस् आजको यो भागमा ओमर खय्याम, एकजना विश्व प्रसिद्ध ईरानी लेखकका वहुप्रचलीत भनाई र कविताहरु प्रस्तुत गर्दछौ ।

सन् १०४८ मा ईरानको निशापुरमा जन्म भएका यी कवि संसारका लागी कवि मात्र नभई एउटा दार्शनिक, गणितिज्ञ अनि खगोलविधका रुपमा पनि चिनिन्छन् । ८३ वर्षको उमेरमा ईरानमानै यिनको देहान्त भएको हो । उनका विजगणीतका साध्यहरु आज पनि देश विदेशका गणितज्ञहरु अनि विद्यार्थीहरुले अभ्यास अनि अध्यन गर्दै आएका छन् । आजसम्म यिनको कविता र भनाईहरुको सरल नेपाली अनुवाद नभएकोमा म सुयोग ढकाल यहाँहरुसमक्ष ओमर खय्यामलाई शब्दमार्फत् परिचय गराउँदैछु ।

suyog dhakal
अनुवादः सुयोग ढकाल

यिनका भनाईहरुले तपाईहरुलाई पक्कै प्रेरित गर्नेछ अनि लाइभमाण्डुसँगको मुस्कान साटासाट गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो । ईरानी भाषाका ससाना कविताहरु अनि वाक्यांशमार्फत् जीवनको सन्देश अनि सकारात्मकता दिईने लघू कविताहरुलाई ‘रुवाइयत’ भनिन्छ, आउनुहोस शुरु गरौं एउटा बहुचर्चित रुवाईयतबाट ।

1: एउटा भिड आयो, धर्म अनि विश्वास मार्फत बाटो खोजेर गयो

अर्को भिड आयो, विज्ञानको गुणगान गाएर बाटो देखाएर गयो
मलाई डर छ, एकदिन जब आवाज आउनेछ
न धर्म न विज्ञान, जीवन सकिनेछ खरानी भएर

2: म यूवा हुँदा धेरै चिकित्सक अनि साध”को ढोका ढकढक्याउदै हिडेँ

उनिहरु एकले अर्काको आलोचना गर्दैरहे
तर अन्तमा म त्यही द्वारबाट बाहिर निस्कनु पर्छ जहाँबाट हामीसबै आएका हौं ।

ओमर खय्यामका माथिल्ला दुईवटा रुवाईयत ले विज्ञान अनि धर्म बिचको उल्झनलाई प्रष्ट पार्दछ, विज्ञान र धर्मको यो सत्यतालाई उनको शब्दले ज्यान भरेको छ ।

लेख्दै जाँदा एकदिन उनले लेखेका छन्ः
3: चलिरहेका औलाहरुले लेखे

लेख्दै अगाडि बढिरहँदा
ग्लानी या विश्मयाधीवोधले हैन तर
मैले लेखिसकेको आधी पंक्ति मेटाईदिए

सत्य र झुठोका बारेमा ब्ख्या गर्दै ओमरले गज्जबले लेखिदिए
4: सत्य र झुठोलाई छुट्याउने एउटा मसिनो कपाल जत्रो भाग पनि हुँदैन ।

अत्यन्त सरल अनि यर्थाथवादी ओमरले जीवनमा हरेक यथार्थ अनि सत्यलाई अपनाएका कुराहरु उनका लेखनहरुबाट प्रष्ट हुन्छ ।

5: केही आन्तरिक सत्यहरु न त तिमीलाई थाहा छ, न त मलाई ।
अनि तिन्का झुक्याउने उत्तरहरु न त मलाई थाहा छ न तिमीलाई ।
यो पर्दा पछाडी हाम्रो बारेमा धेरै कुराकानी हुन्छ
जब यो पर्दा झर्छ, न त तिमी हुन्छौ न त म रहन्छु

उपल्लो कविताले जीवनको यथारुपलाई चित्रण गर्दछ, केही कुराहरु श्रिमद्भागवत गीतासँग पनि मेल खाएका छन् । ओमर पनि कर्ममा विश्वास राख्दथे र फलललाई अपेक्षागर्न भन्दा पनि अझ धेरै कर्मउन्मुख हुँदै जीवनको असली मजालाई पछ्याउने खालका कुराहरु लेख्दथे ।

6: मलाई मृत्यूपर्यन्त माथी लेखिने पुस्तकमा मेरो नाम लेखाउनु छैन
मेटाउ या लेख या नलेख, मलाई वास्ता छैन तर तर प्रेमको पुस्तकमा मेरो नाम यहि संसारमा लेखियोस्, मेरो चाहना यत्ति हो ।

ओमर खय्यामका प्रेममय भावहरु यो संसारमा सबै प्रेमीकालागी प्रेरणा होस्, शुभकामना!


Loading comments...