विश्वमा किन रुद्राक्ष् यति धेरै महँगो मुल्यमा बिक्रि हुन्छ?


विश्वमा किन रुद्राक्ष् यति धेरै महँगो मुल्यमा बिक्रि हुनुछ ? नेपालमा त झन् यसको कालो बजारी नै चल्न थालेको छ ! वास्तवमा रुद्राक्ष् बाट के फाईदा हुने भएर मानिसहरु यसरि महँगो मुल्यमा किन्छन ? पौराणिक मान्यता अनुसार रुद्राक्ष भगवान शिवको तेस्रो नेत्र द्वारा उत्पादित भएको हो यसले हामीलाई हाम्रो समस्या संग लड्न क्षमता प्रदान गर्दछ !

भनिन्छ रुद्राक्ष जति सानो हुन्छ त्यो त्यतिनै प्रभावशाली हुन्छ ! सफलता, धन सम्पति, मान समानान प्राप्त गर्न रुद्राक्षले सहयोग गर्ने धेरैको विस्वास रहदै आएको छ, तर मान्छेहरु बेग्ला वेग्लै आवस्यकताको लागि बेग्ला बेग्लै रुद्राक्षको धारण गर्दछन !

मान्छे हरुको यो विस्वास छ कि कुनै पनि रुद्राक्ष शुभ साइट हेरेर मात्र लगाउनु पर्छ जुन रुद्राक्षलाइ मन्त्र द्वारा जपिन्छ त्यसलाई गलामा लगाउनु हुदैन भन्ने गरिन्छ ! भनाइ अनुसार रुद्राक्षलाइ सहि श्रद्धापुर्वक धारणा गर्दा आफुले सोचेको पुग्ने विभिन्न कस्ट र समस्या बाट बच्न सकिने र मनोकामना पुर्ने हुने विस्वासले यसको प्रयोग गरेको पाइन्छ !

कति मुखे रुद्राक्षले कस्तो फाइदा हुने रहेछ? आउनुहोस एक पटक पढेर जानौं !
एकमुखी रुद्राक्ष: एकमुखी रुद्राक्षलाइ शिवको प्रतिक मानिन्छ ! जस जसलाई महलक्ष्मीको कृपा, सबै प्रकारको शुख शान्ति चाहिन्छ त्यस्ता व्यक्तिले एकमुखी रुद्राक्ष धारणा गर्नु आवस्यक छ ! त्यसैपनि एकमुखी रुद्राक्ष सजिलै पाइदैन यदि तपाई संग छ भने यो मन्त्र (ऊँ ह्रीं नम:।।) द्वारा जप गरेर धारण गर्नु होला ।

दुइमुखी रुद्राक्ष: दुइमुखी रुद्राक्षलाइ देवदेवेश्वर को प्रतिक मानिन्छ, सबैकिसिमको मनोकामन पूर्तिको लागि यसलाई धारण गर्ने गरिन्छ ! यसलाई धारण गर्दा यो मंत्र (ऊँ नम:) द्वारा जपेर धारण गर्नु होला तपाईको हर प्रकारको मनोकामना पुरा हुन्छ !

तिनमुखी रुद्राक्ष: शिवपुरण अनुसार तिनमुखे रुद्राक्षले धेरै कठिन तप्यासा गरेको भन्दापनि धेरै फल दिने पताएको छ ! जस जसलाई विद्या प्राप्तिको आशा छ त्यस्ता व्यक्तिले तीनमुखी रुद्राक्षलाइ यो मंत्र (ऊँ क्लीं नम:) द्वारा जपेर धारणा गर्दा आफुले सोचे जस्तै लाभ पाइन्छ !

चारमुखी रुद्राक्ष: चारमुखी रुद्राक्षलाइ ब्रह्माको रुपमा मानिन्छ यस्तो रुद्राक्ष राख्ने व्य्कतिलाई धर्म कर्म गरे बराबरको पुन्य हुने भएकाले यसको यसलाई धारण गर्नु भन्दा पहिले यो मंत्र (ऊँ ह्रीं नम:) द्वारा जपेर धारण गर्दा पुजा पाठ गरे बराबरको पुन्य हुन्छ !

पाँचमुखी रुद्राक्ष: जस जसलाई सबै किसमका समस्या वाट मुक्ति चाहिन्छ त्यस्ता व्य्कतिले पाँचमुखी रुद्राक्ष धारण गर्न सक्नु हुन्छ ! यस रुद्राक्षलाइ धारण गर्दा यो मन्त्र (ऊँ ह्रीं नम:) द्वारा जपेर धारण गर्दा धेरै प्रभावकारी हुन्छ !

छमुखी रुद्रक्ष: यो रुद्राक्षलाई भगवान कार्तिकेयको रुप भनेर मानिन्छ ! कार्तिकेय भगवान शिव भगवानका शुपुत्र हुनुहुन्छ ! जुन व्यक्तिले यो रुद्राक्षलाइ दाहिने हातमा धारण गर्छ त्यस्ता व्य्कतिलाई ब्रहमहत्या जस्तो पापबाट मुक्ति मिल्छ ! यो रुद्राक्ष धारण गर्दा यो (ऊँ ह्रीं हुं नम:) मंत्र द्वारा जपेर धारण गर्न सकिन्छ !

सातमुखी रुद्राक्ष: जो व्यक्ति गरिवी बाट मुक्ति चाहान्छ त्यस्ता व्य्कतिले सातमुखी रुद्राक्ष धारण गर्नु पर्दछ ! यो रुद्राक्ष धारण गर्नाले गरिव ब्यक्ति धनवान बन्न सक्छ ! यो रुद्राक्षलाइ धारण गर्दा मंत्र है- ऊँ हुं नम:। द्वारा जपेर धारण गर्नु होला !

आठमुखी रुद्राक्ष: शिवपुरण अनुसार अष्टमुखी रुद्राक्ष भैरव महाराजको रुपमा मानिन्छ ! जुन व्यक्तिले यो रुद्राक्षको धारण गर्छन त्यस्ता व्यक्ति अकाल मृत्युबाट बच्दछन् ! यो रुद्राक्ष धारण गर्ने व्यक्तिहरु पूर्ण आयु जिउने गर्दछन ! यो मंत्र है- ऊँ हुं नम:। जपेर धारण गर्दा धेरै प्राभावकरी हुन्छ !!

नौमुखी रुद्राक्ष: यो रुद्राक्ष महाशक्ति नौ रुपको प्रतिक मानिन्छ ! जुन व्यक्ति नौमुखी रुद्रक्ष धारण गर्दछन त्यस्ता व्यक्तिले हर प्रकारका सुविधा प्राप्त गर्दछन ! यस्ता व्य्कतिलाई सामाजिक मान सम्मान प्राप्त हुनुका साथै धेरै प्रत्यक ठाउँमा विजय हुने गर्दछन ! यो रुद्राक्षलाइ धारण गर्नु भन्दा पहिले यो मंत्र (ऊँ ह्रीं हुं नम:) द्वारा जपेर धारण गर्दा अत्यन्तै प्रभावकरी हुन्छ !!


Loading comments...