‘नेपाली समाज टेक्सस’को उपाध्यक्षमा सञ्चार उद्यमी तथा चलचित्रकर्मी पौडेल


संयूक्त राज्य अमेरिका, टेक्सस । संयूक्त राज्य अमेरिकामा सामाजिक तथा अन्य विभिन्न नेपालीहरुका विषयमा सक्रिय ‘नेपाली समाज टेक्सस’मा नेपालका चर्चित सञ्चार उद्यमी तथा चलचित्र निर्माता रमेश एमके पौडेलले उपाध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

‘लाईभमाण्डू’का प्रधान सम्पादक सुयोग ढकालसँग कुराकानीका क्रममा, “आज प्राप्त जिम्मेवारीले मलाई विश्वास गरी यो गरिमायूक्त पदका लागि लायक सम्झिनेहरुप्रति आभारी बनाएको छ । म मेरो देश तथा अमेरीकि नेपालीहरुको सेवा तथा हकहितका क्षेत्रमा थप उर्जावान भएर लाग्ने छु । मलाई विश्वास गर्ने ‘नेपाली समाज टेक्सस’का सबै सक्रिय सदस्यहरुको अपेक्षा अनुरुप कार्य गर्न कुनै कन्जुश्याई गर्ने छैन ।”

“यहाँ बस्दै आईरहनुभएको सम्पूर्ण नेपाली दिदीभाई, दाजूबहिनी तथा आमाबुवाहरुमा नेपाली संस्कृति, संस्कार तथा नेपाली परिवेश सहितको आत्मिय वातावरण बनाईराख्नु मेरो पहिलो प्राथमिकता हुनेछ, मैले जानेको र मैले सकेको सहयोग र सहकार्यका लागि सदैव यहाँका नेपालीहरुप्रति समर्पित रहनेछु ।” पौडेलले बताउनुभयो ।

‘नेपाली समाज टेक्सस’ का अध्यक्ष श्री दिनेश शर्मा सम्मिलित सदस्य समितिले निर्विकल्प यही फेब्रुअरी १६ मा डाँकेको बैठकबाटै युवा उद्यमी पौडेललाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

Bodhi Entertainment LLC का CEO पौडेल नेपाली चलचित्र उत्पादन, व्यवस्थापन तथा संचालन गर्नु बाहेक वहाँ गीत लेखन, चर्चित रेडियो कार्यक्रम संचालक तथा नेपालको पहिलो DTH मेडियाको संस्थापक पनि हुनुहुन्छ । वहाँद्वारा निर्मित रेखा थापा तथा आर्यन सिग्देल अभिनित सफल चलचित्र ‘रुद्रपिया’, ‘राज्जा रानी’ ले नेपाली चलचित्र उद्योगमा एउटा बेग्लै छाप छाड्न सफल भएको छ ।


Loading comments...