कुकुरलाई मस्जिदमा ल्याउने महिला पक्राउ


विश्वको सबैभन्दा ठूलो मुसलमान देश ईण्डोनेशीयामा एउटा घटना घटेको छ जस्को विश्वभरि निकै चर्चा भइरहेको छ । एकजना ईसाई धर्म मान्ने महिला आफ्नो प्रिय कुकुरलाई साथमा लिएरै त्यहाँको मस्जिदमा गएकीमा तिनलाई ईण्डोनेशीयामा धर्म विरोधी करार दिएर पक्राउ गरियो। मुद्धा पनि चलाइयो थियो ।

जर्काता नजिकैको बगोर भन्ने ठाँउमा भएको मस्जिदमा यि महिला जस्को नाम सुजेते मार्गारेथ हो तिनी आफ्नो कुकर सहित छिर्दछिन्, कुकुरलाई खुल्ला दौडन दिएकी यिनी आफू पनि चप्पल लगाएरै भित्र पसेकी देखिन्छिन् । कुकुर लाई ईस्लाम धर्ममा अपवित्र मानिन्छ भनें मस्जिदमा जुत्ता लगाउनु मस्जिद अनुशासनको उल्लघंन मानिन्छ । बोगोरको अदालतले सजेतेलाई पूर्ण दोषी करार दिएपनि सजाय भनें सुनाएन, सुजेतेलाई पारानोइड सिजोफेनीया नामक मानसीक रोग रहेको पाइयो तसर्थ उन्लाई सजाय नसुनाएको यद्धपी ९ महिनाको कारावास भनें उन्ले बस्नुपर्ने प्रावधान रहेको छ । सुजेजेतका अनुसार उन्ले धेरै जनाले कराएर चिच्याएर उन्का श्रिमानको बिवाह उक्त मस्जिदमा हुन गइरहेको भन्ने आवाज सुनेपछि हतार हतार उनी त्यहाँ पुगेकी थिइन ।

मस्जिदका प्रतिनिधि रुसलान ए सुहादीले भनें अदालतको निर्णयको विरोध गर्दै मानसिक अस्वस्थ मान्छेहरु बाटाबाटामा फोहोर कपडा लगाएर हिँड्ने हुने र सुजेते त सफा अनि सभ्य कपडामा हिँड्ने भएकाले उनी रोगी नभएर ढोगं गरेको आरोप लगाएका छन् । उता सुजेतेका वकिलहरुले भनें अदालतको निर्णयको समर्थन अनि स्वागत गरे, उनीहरुका अनुसार सुजेतेको वयानले नै उनलाई मानसिक अस्वस्थताको अवस्थामा भएको प्रमाणित गर्दछ ।

स्मरण रहोस् सन् २०१८ मा मस्जिदको प्रार्थना आवाज चर्को भएको भन्ने एक् बौद्धधर्मावलम्बी महिलालाई ईण्डोनेशीयामा १८ महिलाको जेल सजाय दिइएको थियो ।

लाइभमाण्डु


Loading comments...