सिरियामा सूर्यसंग डराँउदछन् मान्छेहरु


उत्तरपश्चिमी सिरियामा अस्पतालहरुमा भएका आक्रमणमा अस्पतालहरु जर्जर अवस्थामा पुगेका छन्, यो भन्दा बढि निकृष्ठ क्रियाकलाप केहि नहुने स्थानीयहरुले बताए । दक्षीणी इदलीवबाट त पछिल्ला दुई महिनामा नै करिब ३ लाख ९० हजार मान्छेहरु बिस्थापित भइसकेका छन्, टर्कीको सिमा क्षेत्रमा अड्कीएका मान्छेहरु आफूलाई हवाई आक्रमण, चोरी, लुटपाट अनि भोक र प्यासबाट जोगाँउदै त्यहाँ पुगेका छन्, टर्कीले चाँही थप सिरियन शरणार्थी धान्न नसक्ने बताँउदै आएको छ । सिरियाको यो दर्दनाक अवस्थाको वयान उति धेरै सञ्चार माध्यमहरुले पनि गर्दैनन तर त्यहाँ मानवतामाथि यस्ते आघात पुगेको छ जुन पछिल्ला दशकहरुमा कहिँ कतै देखिएको थिएन भन्दा पनि हुन्छ ।

इदलीवको सर्वाधिक ठूलो मारात अल नुमान अस्पताललाई हवाई आक्रमण गरेर चल्न नसक्ने बनाइयो, सेनाको अस्पताललाई त झन बन्द नै हुने गरि ध्वस्त पारियो । बिद्रोही समुह पनि के कम थिए र ? सिरिया सेन्ट्रल अस्पताल जहाँ कमसेकम प्रार्थमिक उपचार त गरिने गरिएको थियो, त्यस अस्पताललाई पनि ध्वस्त बनाइयो ।

सिरियनहरु आजभोली उज्यालो दिन भएपछि डराउन थालेका छन्, दिनको उज्यालोमा खुल्ला आकाशमा आकाशबाट उडेर आउने हवाइजहाजले छानी छानी सिररियनको घर, अस्पताल, बिधालय अनि बाटाहरुमा खेल खेले झैं मान्छेहरु मार्ने गर्दछन् । पछिल्ला तथ्याकं हेर्दा धुम्म परेको दिन भन्दा उज्यालो दिनमा नै धेरै बम आक्रमण, ड्रोन हमलाका श्रृखलाहरु भएका छन् ।

लाइभमाण्डु


Loading comments...