के चीनले अफगानीस्तानमा थप भूमिका निर्वाह गर्नेछ त ?


बेल्ट एण्ड रोड परियोजनाले चीनले एसिया र यूरोपका देशहरुलाई आफूसंग जोड्ने क्रममा छ, अफगानीस्तान बिआरआईको रणनैतिक देश हो । अमेरिकाले आफ्नो सेनाहरु त्यहाँबाट झिक्ने निर्णय गरेपछि अब के चीनको अफगानीस्तानमा प्रभाव र उपस्थिति बढ्दै जान्छ त जस्ता प्रश्नहरु उब्जीन थालेको छ । हुन त अफगानीस्तानमा भारतको लगानी पनि पछिल्लो समयमा निकै बढेको छ, भौतिक पूर्वाधार र प्रविधिमा भारतले अफगानीस्तानमा ठूलै लगानी गरेको छ ।

चीनको बिवादित जिगंजियागं प्रान्त र अफगानीस्तानको सिमा जोडिएको छ, चीनका लागि यस हिसाबले पनि अफगानीस्तानको उपस्थिती महत्वपूर्ण छ । पश्चिमी चीनको कोउकासससंग जोडिने गरि चीनले पाकिस्तान र अफगानीस्तानलाई जोडेर नयाँ सिल्क रुटको परियोजनाको द्रष्टव्य देखेको छ ।

उज्वेकिस्तान पनि पर्ने पामीर हिमालय श्रृखलाहरुबाट चीनले नयाँ सिल्क रुटको परिकल्पना गरिसकेको छ । सन् २०२० मा अमेरिकी सेनाको वर्हिगमनसंगै अब चीनले अफगानीस्तानमा थप प्रभाव जमाउन सक्ने अवसर बढेको भनें स्पष्ट छ । कतारले मध्यस्तता गरेको अमेरिका तालीवान शान्ति वार्ता कुनै मोडमा पनि पुग्न सकेन, अमेरिका र तालीवानको यस दुरिलाई चीनले उपयोग गरेमा अफगानीस्तानको भौगोलिक अवस्थाको रणनैतिक फाइदा केवल चीनलाई हुने देखिन्छ । चीनले सन् २०१९ को अन्त तर्फ नै अफगानी सरकार तालीवानसंग फरक फरक संझौता गरेर राजनैतिक सेटलमेन्ट र शान्तिको मुद्धाउपर हस्ताक्षर गरिसकेको छ, जे होस् चीन अमेरिका भन्दा अफगानी सरकार र तालीवानसंग थप निकट भएको स्पष्ट छ ।

सन् २००७ मा चीनले अचम्मसंग आफ्नो अफगानी नितिमा परिवर्तन गरि बिश्वकै सर्वाधिक ठूलो तामा प्रशोधन केन्द्रका रुपमा अफगानीस्तानको लोगार प्रान्तमा ३ विलियन अमेरिकन डलरमा आन्याक तामा प्रशोधन केन्द्र स्थापना गरिदियो । अफगानीस्तानमा चीनले आफूलाई लगानीकर्ता र बिकास सहायकका रुपमा चिनाउन सफल भएको छ, यतातिर पाकिस्तान र चीनको निकटताले पनि अफगानीहरुका लागि चीनलाई आफ्नो मित्रका रुपमा सहज भएको हो । पाकिस्तन एतिहासिक रुपमा चीनसंग निकट भएको छ र पाकिस्तान मात्र यस्तो एकमात्र देश हो जस्मा बिआरआईका लगानी चीनले सैन्य पूर्वाधारमा लगानी सम्म गरिदिएको छ ।

चीन निकट भविष्यमा तालीवान र अफगानी सरकारको शान्तिवार्ता आफ्नो देशमा गराउने तयारीमा छ यद्धपि मिति घोषणा गरिएको छैन । बिश्वभरिका ८६ वटा देशहरुले बिआरआईको एमओयूमा हस्ताक्षर गरेका छन्, अफगानीस्तान तिमध्य एक देश हो यद्धपि अहिलेसम्म बिआरआई पूर्ण संझौतामा भनें अफगानीस्तानले हस्ताक्षर गरेको छैन । बिआरआई लागु भएमा सर्वप्रथ कावुल र पेशावर हाइवे बनाइने चाँही अफगानी मिडिया र पाकिस्तानी प्रशासनले समयसमयमा बताएका पाइन्छ । हुन त अफगानीस्तानसंग चीन निकट हुँदा चीनको उहिगुर पृथकतावादी मुलसमान समुहले अफगानी बिद्रोहीसंग समन्वय गरेर थप बिद्रोह गर्न सक्ने संभावना नभएको हैन यद्धपी अबका दिनमा चीनले अफगानीस्तानको भूमिमा कस्तो रणनितिले अघि बढ्छ हेर्न बाँकी छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...