अमेरिकाको हिन्दु बिश्वबिधालय : संस्कृत भाषाको पैरवी केन्द्र


हिन्दु यूनिभर्सिटि अफ अमेरिका सन् १९८९ मा स्थापना भएको एउटा बिश्वबिधालय हो जस्लाई सन् १९९३ मा चाँही अमेरिकी प्रशासनले बिधार्थीहरुलाई पृथक शैली र संस्कृत भाषामा आधारित भएर पाठ्यक्रम सिकाउने र त्यसमा आधारित भएर पढाउने अनुमती दिएको हो । सनातन संस्कारको दर्शन, संस्कार, परम्परा, धर्म अनि आचरणहरु यस बिश्वविधालयले पढाउने गर्दछ ।

भाइन ल्याण्ड ओर्लाण्डोमा यस बिश्वविधालय छ भनें यसका बिविरणहरु सकल रुपमा यसको वेबसाइट https://www.hua.edu/ मा पाउन सकिनेछ ।

योगा, भागवत, गीता लगायतका कुराहरुमा यस बिश्वविधालयले पढाउने कोर्सहरु तयार गरेको छ, २५ भन्दा धेरै बिधार्थीहरुलाई यस बिश्वविधालयले पढाउँदै गरेको साइटमा उल्लेख छ ।

यदि तपाँई हिन्दु संस्कारको हुनुहुन्छ या जुनसुकै संस्कारको भएपनि आफ्नो जरा र मानविय उत्पतीको निकट तत्व र शक्तिहरुमा जान्न चाहनुहुन्छ भनें हामीलाई सम्पर्क राख्नुहोस् भनी लेखिएको छ । हिन्दु दर्शनका समालोचनात्मक कुराहरु पनि पढाइने एउटा कोर्स डिजाइन गरिएको रहेछ ।

पद्धम भुषण बेद नन्द यस बिश्वविधालयका बोर्ड अफ डिरेक्टरमा चेयर म्यान हुन्, डा. बिश्वा अद्लुरी हन्टर कलेजमा दर्शनशास्त्र पढाउने एक प्राध्यापक हुन जस्ले हिन्दु बिश्वबिधालयमा पनि दर्शनशास्त्र नै अध्यापन गर्दछन् । फ्लोरिडा राज्यले आधिकारिकता दिएको यस संस्था एउटा धार्मिक सचेतना केन्द्रका रुपमा दर्ता गरिएको छ, यस बिश्वबिधालय हरेक वर्ण, जात , धर्म अनि लिगंका बिधार्थीहरुलाई स्वागत गर्ने लेखिएको छ ।

सनातन संस्कारमा रुची भएका र अध्ययन गर्न चाहनेका लागि यस बिश्वबिधालय राम्रो थलो बन्न सक्नेछ ।
लाइभमाण्डु


Loading comments...