बिमस्टेकको संभावना र चुनौतिहरुको समय


The Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) अहिले दक्षिण एसियाली देशहरुका लागि एउटा अवसर र चुनौति अनि बिभिन्न नितिगत अध्ययन र कार्यगत प्रस्तुतिहरुको विषय सम्म भएको छ । बिम्स्टेक सन् १९९७ मा खडा भएको हो, यसको २३ वर्षिय स्थापना कालमा १७ वर्ष त बिमस्टेक मौन अनि अप्रभावशाली भएर बसेको बताइन्छ ।

बिमस्टेक स्थापनाका २ मुख्य आधारहरु पाइन सकिन्छ, एउटा सार्क सञ्जालमा भारतपाक बिवादका कारणले सार्कमा पूर्याएको धक्कालाई परिपूर्ति गर्दे अघि बढ्ने देशहरुको चाहना र महत्वाकांक्षालाई साकार पार्न खडा गरिएको सार्कको बिकल्प बिमस्टेक हुन सक्दछ भनें अर्कोतर्फ हेर्दा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको हितामा खडा गरिएको सञ्जाल भनेंर पनि बिमस्टेकलाई नचिनिएको चाँही हैन ।

नेपाल, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका र भारत सदस्य राष्ट्र भएको यस सञ्जालमा रियाक्टीभ रिजनालीज्म वा प्रोयाक्टीभ रिजनालीज्मको भनें अस्पष्टता देखिन्छ । क्षेत्रिय हितमा लागि देशहरु प्रतिकारात्मक या सक्रिय क्षेत्रियता भन्ने बिवाद स्पष्ट छ । क्षेत्रियताको भावले सदस्य राष्ट्रहरुलाई आफ्नो क्षेत्रमा सबै मिलेर बिकासका अवसर, श्रोत र संशाधन प्रयोग गर्ने समुहगत शक्ति प्रदान गर्दछ भन्ने मुलभुत उदेश्यले नै क्षेत्रिय सञ्जालहरु अन्र्तदेशीय रुपमा गठन भएका हुन्छन् । तर सदस्य राष्ट्रहरु चाँही बिमस्टेकलाई सार्कको बिकल्पका रुपमा हेर्ने र चीनको बिआरआईलाई समर्थन गर्ने बुँदाहरुमा मात्र केन्द्रित भएको आरोप बिमस्टेकलाई छ । यदि यसो हो भनें बिमस्टेक केवल प्रतिकारात्मक क्षेत्रियता भएको अन्र्तदेशीय सञ्जाल हो । चीनले दक्षिण एसियाली देशहरुका बजारमा एकखालको सामन्ती निति नै लागु गरेको छ, बिश्वव्यापीकरणका नाममा यि मुलुकहरुमा छिरेका चीनका उत्पादनहरु कमसल त छन नै तर ति उत्पादनहरु सस्ता भएकाले यि देशका आफ्ना उत्पादनको बजार भनें साँघुरिँदै गएको छ । बिमस्टेकका सबै देशहरुले बिआरआई मा हस्ताक्षर गरेका छैनन, भारत र भुटान बिआरआई मा जान बाँकी छ ।

चीनलाई सस्ता श्रमीकहरु अनि उत्पादनका साधनहरुको कम मुल्यमा उपलव्धताको खोजी छ, दक्षिण एसियाली देशहरुको बिकासोन्मुख अवस्थाले चीनका लागि सहि ठाँउ भएको पुष्टि गर्दछ । भारत, नेपाल र बगंलादेशमा बिश्वमा कतै नपाइएको जनसख्याँ बोनस छ जस्को अर्थ क्रियाशील जनसख्याँ धैरै भएको जानसाख्यिक बनावट भन्ने हुन्छ । तर यि मध्य सबैजसो देशमा ट्रेड डेफिसिट छ, यहाँ निर्यात भन्दा आयात धेरै छ र चीनको उत्पादन र बजार प्रतिको सामन्तवादी नितिले नै यि देशहरुमा ट्रेड डेफिसिट भएको बताइन्छ ।

भारत र थाइल्याण्ड अन्य सदस्य राष्ट्रका दाँजोमा ब्यापारमा निकै अघि पाइन्छन् भनें अन्य देशहरु अन्र्तदेशीय व्यापारमा भारत र थाइल्याण्डसंग अत्यन्त निर्भर पाइन्छ । यस अवस्थामा फ्रि ईकोनोमीक जोनको अवधारणामा अघि बढेको खण्डमा बिमस्टेक राष्ट्रहरु जो अलिक बमजोर छन् उनीहरु पनि माथि उकासिने स्पष्ट देखिन्छ । क्षेत्रिय भ्याल्यू चेनमा आधारित रहेर अन्र्तदेशीय उत्पादन तथा सेवाहरुको बिश्वयापी प्रयोग र बितरण बढावा दिनसके बिमस्टेकका सबै देशहरु छोटो समयमा समृद्ध हुनसक्ने पनि देखिन्छ । बिमस्टेकका धेरै संभावना रहँदा रहँदै पनि यसको मौनता अनि सदस्य राष्ट्रहरुको कम क्रियाशीलता चाँही एउटा दुख्खद कुरा हो ।

लाइभमाण्डु


Loading comments...