
शिवरात्री
९ फाल्गुन २०७६, शुक्रबार ०९:४४
शिवरात्री छ विख्यात प्रणम्य पर्व पावन ।
सुरम्य चाड यो मानी गरौं अनन्य चिन्तन
।।१।।
शम्भुको गुण गाएमा बन्छन् अतुल्य जीवन । शैलजाशम्भुको भक्ति गरौं भाव भरीकन
।। २।।
प्रणवले गरौं ध्यान भोलाजीमा दिई मन ।
प्रज्ञा प्रबुद्ध पारेर गरौं उमेश पूजन
।।३।।

महादेव महात्मा हुन् यो जगत्मा सनातन । वेदपुराणले मान्छन् महेश्वर पुरातन
।।४।।
योगेश्वर जटाधारी महेश हुन् त्रिलोचन । कैलासपतिका भक्त नन्दी हुन प्रिय वाहन
।।५।।
गलामा सर्पको माला लगाउँछन् सबै दिन
अर्धचन्द्र र गड्.गाजी शिर पार्छन् सुशोभन
।। ६।।
श्मशानमा बसी रम्छन् ध्यान हो शिवसाधन । शिवजीको गरी मान बनौं मानव सज्जन
।।७।।
हिन्दूधर्मावल्मीका शिव हुन् देवता प्रिय ।
कर्ता भर्ता भई गर्छन् शिव सम्पूर्णको जय
।। ८।।
शिवजीको कृपा पाए हुन्छन् मानिस निर्भय शम्भुको वन्दना गर्दै हामी राखौ सदाशय
।। ९।।
त्रिशुल शिवको हुन्छ धरा पार्ने निरामय ।
गाँजा र धतुरो खान्छन् शिव हुन् अति निर्भय
।। १०।।
आशीर्वाद दिनू शम्भु तथा उत्कृष्ट चेतना ।
यो महापर्वमा दिन्छु सबैमा शुभकामना
।।११।।
कविः भगवती बस्नेत
बल्खु, काठमाडौं
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन