अमेरिकाका प्रथम मुसलमान प्रहरी प्रमुखको शपथ


न्यू जर्सिका नयाँ प्रहरी प्रमुखले बाइबलको साटो कुरान समातेर कार्यसम्पादनमा तठस्तताको शपथ खाए, अमेरिकामा यो प्रथम घटना हो जहाँ मुसलमान समुदायका आप्रवासीले शहरको प्रहरी प्रमुखजस्तो नेतृत्वदायि भूमिका पाएका छन् । ३० वर्षभन्दा बढि समयदेखि न्यू जर्सीको प्रहरीमा कार्यरत माइक बायकोरा नवजात शिशु हुँदा नै बुवाआमासंग टर्कीबाट अमेरिका आएका हुन् । उनी अमेरिकाको इतिहासमा नै प्रथम प्रहरी प्रमुख हुन जो मुसलमान हुन् । प्याटेरसन सरकार, अमेरिकामा बस्ने टर्कीश समुदाय लगायत अन्य थुप्रैको सहभागीतामा बायकोराको शपथ कार्यक्रममा प्याटेसनका मेयर आन्द्रे सायेगले आफ्नो भाषणमा अरबी शव्द प्रयोग गरेर सबैलाई हेल्लो भनेका थिए ।

६० वर्षिय बोयकोराले पनि आफू अमेरिकी हुनुमा गर्व अनि टर्कीश पुरातत्व र सम्पदाहरुको सम्म तारिफ गरे । बोयकोराका अनुसार आफू ३२ वर्षदेखि प्याटेरसनको सुरक्षाका लागि अटिएको र उन्को रगतमा प्याटेरसनको माया सदैव रहिआएको छ । विगतका दिनहरुमा अमेरिकामा मुसलमान समुदायको सहभागीता र समावेशीता बढ्दो छ, सन् २०१८ मा पनि ४ जना अरब अमेरिकनहरु हाउस अफ रिप्रसेन्टेटिभमा छानिएकामा २ जना मुसलमान समुदायका थिए ।

लाइभमाण्डु


Loading comments...