
मक्काकी केटी : एउटा बिवादास्पद गीत
११ फाल्गुन २०७६, आईतवार १५:५७
कुरा साउदी अरबको हो जहाँ ईस्लाम धर्मको पवित्र शहर मक्का छ अनि अहिले त्यहाँ मक्काको विषयमा एउटा बिवाद चलिरहेको छ । त्यो बिवाद हो, मक्काकी केटी अर्थात गर्ल फ्रर्म मक्का नामक म्यूजीक भिडियोको बिवाद । यि महिला र्यापरले गर्ल फ्रर्म मक्का नामक गीत को भिडियो मार्फत आफू पविब मक्का शहरकी केटी भएकोमा गर्व अभिव्यक्ति त गरिन तर दुर्भाग्य त्यो भिडियो बिवादमा पर्यो ।
बिन्ट मक्का अर्थात मक्काकी केटी चाँही साउदीकी महिला र्यापर आसायलको गीत हो । साउदी प्रशासनले त यस भिडियोमा संलग्न सबैलाई कारवाहीको सिफारिश गरिसकेको छ । हिजाब लगाएर नाचेका महिलाहरु, कफी पसलको दृश्य लगायत अन्य केहि महिला केन्द्रित दृश्यहरु मार्फत यस गीतलाई प्रस्तुत गरिएको छ । यूट्यूबमा रातारात १६ लाख दर्शक पाएको यस गीतले साउदी मुल्य र ईस्लामीक मान्यता माथि खलल पूर्याएको आरोप छ । अरबीक भाषामा धेरै ह्याशट्याग सहित तिमी मक्काकी छोरी हैनौं लगायत कमेन्टहरु गरिएको छ, स्पष्ट छ कि दर्शक त गीतले कमायो तर समर्थक कमाउन सकेन ।
Saudi girl rap is ?https://t.co/XGuHMEZ2VW
— Sonali Pahwa (@ustazaduktura) February 21, 2020
आसायललाई समर्थन गर्नेको पनि लर्को उत्तिकै छ, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आसायललाई कलात्मक अभिव्यक्ति गर्न पाउने छुट भएको धेरै साउदीहरुको पनि तर्क छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास