
भारतको शाल्बी अस्पतालले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नि:सुल्क तालिम दिने
११ फाल्गुन २०७६, आईतवार १७:११
शाल्वीको सेवा विस्तार र अति विशिष्ट स्वास्थ्य विशेषज्ञताका बारेमा जागरुक फैलाउन नेपाल अर्थोपेडिक सोसाईटिले यहि फेब्रुवरी २० देखि २२ तारिक सम्म आयोजना गरेको २५औं अर्थोपेडिक सम्मेलनमा भागलिन बरिष्ठ अर्थोप्लास्ट सर्जन डा. कल्पेश शाह आई आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । यस अस्पतालले नेपालमा नेपाली अस्पतालहरुसंग सहकार्य, समन्वय गरि आफ्नो अति विशिष्ट सेवा विस्तार गर्नको लागि साझेदारीको अवसर दिएको छ । नेपाली बिरामीहरुलाई अति बिशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई निःशुल्क तालिम, अस्पतालको क्षमता बृद्धिको लागि प्रबिधि लगानीको लागि ईच्छुक भएकोले आज फेब्रुवरी २१ होटल एल्लो प्यागोडामा आयोजना गरिएको पत्रकार बैठकबाट सहकार्य र साझेदारीको लागि यस अस्पतालका डाईरेक्टर डा. भरत गज्जरले बताउनु भयो ।
शाल्वी अस्पताल भारतको एक अति बिशेषता भएको अर्थोपेडीक अस्पतालको चेन हो । ११ अस्पताल भन्दा बढि चेन भएको यस अस्पतालमा २००० भन्दा बढी बेड, ५०० भन्दा बढि बरिष्ठ चिकित्सक तथा ४००० भन्दा बढि स्वास्थ्य कर्मि सेवारत छन् । यस अस्पतालले विश्वभरिका बिरामीहरुलाई अति विशिष्ट स्वास्थ्य सेवा जस्तै हाडजोर्नी, १ लाख भन्दा बढि घुँडा प्रतिस्थापन गरि अविश्वसनिय सफलता हासिल गरि विश्व रेकर्ड बनाएको छ । यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. बिक्रम शाह विश्व प्रसिद्ध अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँको अस्पतालमा अपरेशन गरेको ३ देखि ४ घन्टा पछि बिरामी आफै हिडेर जान सक्ने गरी आधुनिक प्रबिधि “जिरो टेक्निक” द्धारा न्युनतम चिरफार गरि अतिनै कुशल तरिकाले विशिष्ट सेवा पाईन्छ ।
यसै क्रममा नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनका अध्यक्ष तथा एक्सप्लोर हेल्थकेयर प्रा.लि. का प्रबन्धक निर्देशक श्री कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको बिकासको लागि स्वास्थ्य क्षेत्रको स्तर उन्नती, प्राविधिक सहकार्य, प्रशिक्षण तथा फेलोसिप प्रोग्राम आवश्यक भएको कुरा बताउनु भयो । पाण्डेले नेपालमा मेडिकल टुरिजम क्षेत्रको बिकासको लागि २ वटा अन्र्तराष्ट्रिय स्तरको सम्मेलन को आयोजना गर्नुभएको छ र यसलाई निरन्तर सँस्थागत दिगो रुपमा अगाडी बढाई नेपालमा मेडिकल टुरिजमको बिकासको लागि हमेशा संघर्ष गर्ने कुरा बताउनु भयो । उहाँको योगदान नेपाली स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य पर्यटनको विकाशको लागि सह्रानिय छ । नेपाली स्वास्थ्य क्षेत्र फुटेर होईन जुटेर, एकल होईन साझेदारी गरेर स्वास्थ्य क्षेत्रलाई परिपक्क, विश्वासिलो, भरपर्दो र सेवामुखि बनाउन सम्बन्धीत सरोकारवाला हरुलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको