पूर्व प्रम बाबुराम भट्टराई आफ्नो पुख्र्यौली घरलाई रेट्रोफिट गराँउदै


गोरखा पालुगंटारमा आफ्नो थलो घर भएका नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पुरानो घरलाई रेट्रोफिट गराउने भएका छन् । सीआरएस नेपालको सहयोगमा एनसेटको प्राविधिक सहायता अनि अल थ्रि मिडियाको साप्तहिक टेलीभिजन कार्यक्रम बलियो घरमा बाबुराम परिवारले यस कुराको उजागर गरेका हुन् । पुरानो थलो घरमा छायांकन गरिएको यस श्रृखलामा बाबुराम भट्टराईले आफ्नो पुरानो घरमा बालापनको संझना गरेका छन्, उक्त घर अहिले भनें बाबुरामकी छोरी मानुषी यमी भट्टराईको नाममा रहेको छ ।
भुकम्पले क्षतिग्रस्त बनाएको घरमा बालापना अनि पत्नी हिसीलासंग प्रथम पटक गाँउ आँउदाको संझना गरेका बाबुरामले बार्दलीको कुनामा आफू सुत्दै आकाश हेर्दै अन्तरिक्षयात्री बन्ने कल्पना गरेको सम्म बताएका छन् ।

पुरा श्रृखला हेर्न यहाँ क्लीक गर्नुहोस्

छोरी मानुषीले पिताको बालापनाको यादलाई ताजा राखिराख्न घरलाई रेट्रोफिट गर्न चाहेको र घरलाई जोगाउन पनि यो जरुरी रहेको बताइन । सिमेन्टका घरहरुको संचरनाले हाम्रो मौलिकता जोगाउन नसक्ने र परम्परागत घरलाई जोगाउन जरुरी रहेको र तिनलाई रेट्रोफिट गरेर भुकम्प प्रतिरोधात्मक बनाउन सकिने मानुषीको मत रहेको देखिन्छ ।

बाबुरामले पनि परम्परागत घर भएपनि अर्गानिकल्ली बलियो र भुकम्प प्रतिरोधात्मक रहेको बताएको यस श्रृखलामा पाइन्छ भनें बाबुराम पत्नी हिसिला पनि आफ्नो पुरानो याद भएको घर जस्ताको तस्तै देख्न पाउनु एउटा खुशीको कुरा भएको बताइन । बाबुराम दम्पती आर्किटेक्ट इन्जिनियरहरु हुन्, आफू यूरोपमा हुँदा ४०० वर्ष भन्दा पुराना घरहरु पनि वलियो भएको र रेट्रोफिट जस्ता प्रणालीले परम्परागत घरलाई पूर्नजिवन दिने उन्को तर्क थियो ।

केन्द्रिय आयोजना कार्यान्वयन ईकाई ( भवन) का परियोजना निर्देशक नवराज प्याकुरेल संगको बाबुरामको भेटघाट अनि पुरानो घरको सुरक्षा गर्ने चाहलाई साकार गर्न रेटा्रेफिट गर्ने योजना बनाइएको मानुषीले बताइन । बिज्ञहरुले घरलाई जाँच गरेर रेट्रोफिट गर्न योग्य भएको ठहर भएपछि त्यहाँ रेट्रोफिट गर्ने योजना बनाइएको नवराज प्याकुरेलले बताएका छन् ।

के हो रेटा्रेफिट ?
नेपालीमा यसलाई प्रवलीकरण भनिन्छ, पुराना संरचनामा थप प्रविधि जोडेर संरचनालाई बलियो र बिपत्ति प्रतिरोधात्मक बनाउने क्रियालाई प्रवलीकरण भनिन्छ । सबै पुराना संरचना कमजोर हुँदैनन र भएपनि त्यसलाई वलियो बनाउन सकिन्छ भन्ने सिद्धान्तमा यस प्रवलीकरण क्रिया आधारित छ ।

घरलाई भुकम्प प्रतिरोधात्मक बनाउनुलाई सिस्मिक रेटा्रेफिट भनिन्छ, कमजोर र चर्केका संरचनालाई थप वलियो बनाउन यस प्रविधि अपनाइन्छ भनें नयाँ तर भुकम्पीय जोखिम सहन गर्न नसक्ने घरहरुलाई पनि प्रवलीकरण गर्न सकिन्छ । पुराना घरलाई केवल मरम्त गर्नुमात्र प्रवलीकरण हैन, प्रवलीकरण हुनका लागि घर भुकम्प थेग्ने गरि वलियो हुन जरुरी हुन्छ ।

भवन निर्माण संहिता अनुसार नबनेका घरलाई मापदण्ड भित्र समेट्न पनि रेट्रोफिट गर्न सकिन्छ । घरको बनावट, प्रयोग गरिएका सामग्री अनुसार रेट्रोफिट गर्ने तरिका फरक फरक हुन्छ । डण्डी, सिमेन्ट, रोडा, काठ, तार, जालीलगायतका सामग्री प्रयोग गरी रेट्रोफिट गरिन्छ । पुरातात्विक महत्वका मानिने १०० वर्ष पुराना घरलाई जोगाइराख्न पनि रेट्रोफिट गरिन्छ ।

रेट्रोफिट गर्नुअघि घर कति कमजोर छ भनेर अध्ययन (भल्नर्बिलिटी एसेस्मेन्ट) गर्नुपर्छ । अध्ययनमा भूकम्प प्रतिरोधात्मक क्षमता, बिम, पिलर र जगको अवस्था, तला लगायतबारे अध्ययन गरिन्छ । गारो कस्न बन्धन बनाउनुपर्ने कि नपर्ने, गारो र पिलरलाई बाहिरबाट आड दिनुपर्छ कि पर्दैन, कुन भागमा कति लागतमा कसरी रेट्रोफिट गर्ने भन्ने निष्कर्ष निकाल्नुपर्छ । हचुवाको भरमा रेट्रोफिट गर्नुहुन्न, प्राविधिकको सल्लाह र नियमित रेखदेख नै चाहिन्छ । घरको अवस्था अनुसार रेट्रोफिट गर्ने÷नगर्ने अन्तिम निर्णय प्राविधिकमै छाडिदिनुपर्छ ।

घरको परीक्षणपछि नयाँ घर निर्माणमा लाग्ने कुल खर्चको ३० प्रतिशत भन्दा बढी लागत लाग्ने देखिएमा रेट्रोफिट नगर्न सुझाव दिइन्छ । रेट्रोफिट गर्न घरको संरचना अनुसार २ देखि ६ महीनासम्म लाग्छ ।

निर्माणमा प्रयोग सामग्री र बनावट अनुसार, प्रायःजसो घरको ‘इकोनोमिक लाइफ’ ३० देखि ५० वर्षसम्मको हुन्छ । सबै घरलाई रेट्रोफिट गरी बलियो बनाउन सकिन्न । जोडिएका घरहरू भए दुवैलाई एकैपटक रेट्रोफिट गर्नुपर्छ । बाहिरबाट ‘सपोर्ट’ राखेर रेट्रोफिट गर्नुपरे घर वरिपरि खुला ठाउँ हुनुपर्छ । रेट्रोफिट नयाँ घर बनाउनेभन्दा फरक हुने भएकोले साना साना कुरामा ध्यान दिनुपर्छ । दक्ष कामदार प्रयोग गर्नुपर्छ ।

रेट्रोफिट गर्दैमा जत्रोसुकै भूकम्प आए पनि घर सुरक्षित हुन्छ भन्ने धारणा गलत हो । यसले घरको भूकम्पप्रतिरोधात्मक क्षमता बढाउँछ । रेट्रोफिट गरेकै छ भन्दै भूकम्पमा ढुक्क भएर घरभित्र बसिरहनु भने हुँदैन ।

लाइभमाण्डु


Loading comments...