भारत र साउदी अरबको मित्रता अनि आशंका


मलेसीया, टर्की, ईरान, कतार र ईण्डोनेशीया गत वर्ष डिसेम्बरमा कुलालम्पुरमा भेला भएर एउटा मुसलमान देशहरुको बिश्वव्यापी भेला नै गरे । पाकिस्तान यस भेलाको मुख्य संयोजक देश थियो । यद्धपि यस मुसलमान देशहरुको भेलामा मध्यपूर्वको देशहरुको असंलग्नताले यस भेलालाई पूर्ण पार्न सक्यो या सकेन, प्रश्नको विषय छ ।

यता भारतको नागरीकता ऐनमा मुसलमान समुदायलाई योजनावद्ध रुपमा पर राखिएको सन्र्दभमा भारत पनि मुसलमान देशहरुको आँखाको तारो बनेको हो । पछिल्लो समयमा मलेसीयाका प्रधानमन्त्री मोहम्मद महाथिरले भारत बिरुद्ध वक्तव्य दिएपछि भारत र मलेसियाको सम्बन्धमा दरार आएको र यस दरारले भारतलाई अन्य मुसलमान देशहरु संग पनि चिसो बनाएको आँकडा थियो । तर भारतको साउदी अरबसंगको बढ्दो दौतरीले भनें भारतलाई मध्यपूर्वका देशहरुसंग थप निकट बनाएको देखिन्छ । हुन त पछिल्ला दिनहरुमा भारतले ओर्गनिजेशन फर ईस्लामीक कन्फरेन्सको प्रर्वधन गरेर विश्वको सर्वाधिक ठूलो मुसलमान देशहरुको संगठनलाई खुशी नपारेको हैन, यद्धपि भारतले अहिले मुसलमान ब्रदरहुड प्रर्वधनका लागि मध्यपूर्वका देशहरु यूएई र साउदीलाई हात लिन खोजेको स्पष्ट देखिन्छ ।

पत्रकार जमाल खग्गोशीको हत्या आरोपमा पश्चिमा देशहरुले निकै आलोचना गरेका साउदीका राजकुमार मोहम्मद सलमान बीनलाई नयाँ दिल्लीमा रातो कार्पेट बिच्छाएर स्वागत गरेको भारतले पछिल्ला दिनहरुमा यूएईका देशहरु अनि साउदीसंग निकै सुमधुर समबन्ध बनाँउदै आएको छ । यि देशहरुले समयसमयमा नेतृत्वहरुको भ्रमण तालिका बनाँउदै आएका छन्, गल्फ कोअपरेशन काउन्सीलका देशहरु सर्वाधिक धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीको सूचीमा मोदी अग्रपक्तिमा आँउदछन् । मोदीले तेल जन्य र गैर तेल जन्य श्रोतहरुको भारत र गल्फमा राम्रो तालमेल मिलाएको बताइन्छ । साउदी अरब भारतको चौंथो ठूलो ब्यापार साझेदार हो भनें ५५ बिलियन डलरको कारोवार प्रतिवर्ष भारतले यूएईका देशहरुसंग मात्र गर्दछ । भारतका ब्यापारी मुकेश अम्बानीले आफ्नो रिलायन्स कम्पनीको २० प्रतिशत शेयर साउदीको आरामको कम्पनीलाई बेचेका पनि छन्, भारतको ब्यापार उदारतामा मध्यपूर्वका देशहरुको स्वामित्व र सहभागिताको यो उच्चतम दृष्टान्त हो । रियाद र आवुदामी दुबै नेतृत्वले ६० बिलियन डलर भारतमा खर्चेर रिफाइनेरी प्लान्ट स्थापना गर्ने संझौता पनि गरिसकेका छन् ।

बिश्वका अन्य मुसलमान देश र नेतृत्वले भारतको केन्द्रिय सरकारले कश्मिर र जम्मुमा चालेको कदमको बिरोध गरेपनि साउदी र यूएई भनें मोदीका कदमप्रति मौन देखिए । उता मध्यपूर्वका देशहरुलाई पनि भारत र पाकिस्तनलाई सन्तुलनमा राखेर अघि बढ्नु एउटा चुनौती नै भएको छ, आइसासीको बैठकहरुमा हरेकपटक उठेको कश्मिरको मुद्धालाई टाल्दै अर्को बैठकमा उठाउने भन्दै लम्ब्याँउदै आएको पाकिस्तनको आरोप छ । पाकिस्तानले ५ वटा मुसलमान देशहरुको ब्लकलाई समन्वय गर्दछ, यि देशहरुको दबाब श्रृजना गरेर कतै ओआइसीमा भारत बिरुद्धका कदमका लागि प्रभावित पार्ने त हैन भन्ने भय सदैव भारतलाई रहेको छ । जे होस् भारत र मध्यपूर्वको यो दौंतरी कायम रहोस् र मुसलमान ब्रदरहुडमा भाजपाले पनि योगदान गरोस् भन्ने बिश्वको आशय छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...