टीका लगाउने क्रिस्चियनहरुः एश वेडनसडे


क्रिस्चियन समुदायमा लुथरन एउटा हाँगा मानिन्छ, अमेरिकामा आधारित तर मुख्यतया आप्रवासी मुलका यी क्रिस्चियनहरुले सबैभन्दा धेरै मार्टिन लुथर किगं जुनियरलाई मान्दछन् । आई ह्याभ ए ड्रिम अर्थात मेरो एउटा सपना छ नामक यिनको सबैभन्दा चर्चित भाषण अमेरिकाको रंगभेदी आन्दोलनको नारा नै भएको थियो । लुथरनहरु आफ्नो निधारमा बिगुत जस्तो खरानी लगाँउदछन्, अन्य नन लुथरनहरु यस चलन देखेर अचम्ममा पनि परेको बताइन्छ । उनीहरुले ठ्याक्कै हिन्दुहरुले बिगुत या टीका धारण गरे झैं यसरी एसेस लगाँउदछन् ।

मुख्यतया वेडनस्डे अर्थात बुधवारका दिन यसरी निधारमा खरानी दल्ने चलन रहेको पाइन्छ, यसका ३ वटा कारणहरुमा पहिलो चाँही पाप मोचनको लागि दोश्रो मानव शरीर नाशवान छ भन्ने तथ्यको आत्मसाथ अनि तेश्रो चाँही खराब तत्वबाट छुटकारा भन्ने लाग्दछ । यि कुराहरु कता कता हिन्दु सनातन दर्शनसंग मेल खाने झैं पनि लाग्दछ, सनातन दर्शनले पनि शरीरको नाशवान गुणलाई आत्मसाथ गर्दे अझ शिव मान्ने पण्डाहरुले त मानव शरीर जलाइएको खरानी नै धारण गर्दछन् । उनीहरुले आफ्नो शरीर पनि एकदिन खरानी मा नै रुपान्तरण हुनेछ भन्ने कुराको घोतकका रुपमा खरानीलाई लिएका हुन् ।

ईसाई धर्ममा प्राचिन कालदेखि नै सभ्य याचनाको घोतकका रुपमा खरानीलाई लिइन्छ, यस अर्थमा पाप बाट मुक्त हुन भगवानसंगको सभ्य याचनाका रुपमा खरानीलाई प्रस्तुत गरिएको पाइन्छ । जोनाह ३ को ५ देखि ९, जब को ४२ देखि ६, डानियल ९ देखि ३, लुक को १० को १३ मा यि सम्बन्धी उद्घोषहरु पाइन्छ । जेनेसिस ३ को १३ मा जससले एडमलाई तिमी धुलो थियौ र धुलो नै तिमी हुनेछौ भनेको पाइन्छ, धुलो र खरानी संगको धर्म अनि सभ्यताको समबन्ध नयाँ भनें पक्कै हैन ।

पापको मुल्य खरानी हो भन्ने अर्थमा खरानीलाई सजायका रुपमा पनि लिइएको पाइन्छ, कुनै पनि मान्छे चाहे राजा होस् या रैति तर मृत्युसंग भाग्न सक्दैन अनि मृत्यु नै सबैको अन्त हो भन्ने कुरा पनि खरानीले जनाउने गर्दा लुथरनहरुले निधारमा खरानीको टीका लगाउने पाइन्छ । मानवको श्रृजना नै धर्तिको धुलाले हुने गरेको तथ्य पनि बाइवलले आत्मसाथ गरेको छ, यस वर्ष एश बेडनसडे चाँही फेब्रुअरी २६ तारिखमा परेको छ । सबै लुथरनहरुलाई सफा मुटु र नयाँ जीवन जिससले प्रदान गरुन ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...