
सिरियाबाट वाल्टीमोर आएका पिज्जा वोय जस्लाई अमेरिकामा गोली हानेर मारियो
यो घटना एउटा सिरियन केटाको हो, जस्ले नयाँ सपना र आशाका लागि सिरिया छाडेर अनि अमेरिका वाल्टीमोर त आए , जागिर पनि पाए तर जीवन पाउन सकेनन् । सिरियाको अशान्तमा अनि अप्रजातान्त्रिक ब्यबस्थामा जेनतेन बाँचेर आएका यिनलाई अमेरिकाको शान्ति र सुब्यबस्थाले शिकार बनायो । खालिद हिवा नामका यि सिरियनले सन् २०१६ मा संसारकै सबैभन्दा भयंकर ठाँउ सिरिया छाडे र अमेरिका छिरे । त्यसपछि अमेरिकाको वाल्टीमोरमा यिनले बुवाआमासंग मिलेर एउटा पिज्जा पसलमा डेलीभरीको जागीर पाए । खालिदको इहलिलाचाँही दिँउसोको उज्यालोमा धेरै जना रहने हार्लेम पार्कमा यिनमाथि गोली चलाएर एकजना अपराधीले समाप्त गरिदिए अनि संगै समाप्त भयो यिनको बुवाआमाको सपना अनि अमेरिकी सुब्यबस्थाको दम्भ । सिरियाको हतियारले मारिन नसकेका यि निहत्था सिरियन अमेरिकामा मारिए ।
बव्लु फ्याकंलीन स्ट्रीटमा १३०० रोड छेउमा छातीमा गोली लागेर घाइते खालिद फेब्रुअरी ७ तारिख सन् २०२० मा गोली लागेकै ठाँउमा छटपटिएर बिते । प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन र हत्याको कारणको छेउसम्म पनि पुग्न सकेको छैन । करिब ५ फिट ९ ईन्चमा कालो कपडा लगाएको पुरुष हत्या भएके ठाँउवाट कुदेर भागेको सिसिटिभी फुटेजमा पर बाट देखियो तर हत्याराको पहिचान खुल्न यति मात्र बिवरण पर्याप्त भएन । ह्यूमन राइट्स वाच नामक संस्थाका अनुसार २५०,००० हन्दा धेरै सिरियनहरु मारिएका तथ्याकं छ, त्यपछि अमेरिकाले उनीहरुलाई शरणार्थी करार दिएर अमेरिकामा बस्ने प्रावधान त दियो यद्धपि सिरियनहरुको अमेरिकामा पनि उचित सुरक्षा र पूर्नवासको प्रावधान हुन सकेको छैन ।
हरेक शुक्रवार जुम्माको दिन पारेर खालिद कार्यरत पिज्जा पसलले एउटा वेलुन खालिदको नाममा उडाउने गरेको छ । त्यस शुक्रवार उनी मारिदा त्यो डेलिभरी खालिदको अन्तिम डेलिभरि थियो, त्यसपछि खालिद प्रार्थनाका लागि जाने तयारीमा थिए ।
लाइभमाण्डु