
मलेसियाका प्रधानमन्त्रीले दिए एक्कासी राजिनामा
१३ फाल्गुन २०७६, मंगलवार १५:०६
मतदानमा बिजय भएको करिब २ वर्ष पनि नपुगि, विश्वकै सर्वाधिक धेरै उमेरका प्रधानमन्त्री मलेसियाका महाथिर मोहम्मदले आफ्नो पदबाट राजिनामा दिएका हुन् । सत्ता गठबन्धनबाट महाथिरको दल हटेपछि एक्कासी यो राजनैतिक उथलपुथल आएको बताइन्छ । बेरसातु पार्टीको अध्यक्ष पदबाट समेत आफ्नो राजिनामा जारी गर्दै ९४ वर्षिय प्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्री पदबाट समेत राजिनामा गरेर राजदरबारमा आफ्नो राजिनामा पत्र पठाइसकेका छन् । ४ वटा दलको गठबन्धनबाट बनेको मलेसियन सरकारमा बरसातु दलले भनें सरकार छोडेको र महाथिरलाई नै समर्थन गर्ने बताएको छ ।
Malaysia’s 94-year-old Prime Minister Mahathir Mohamad unexpectedly resigned on Monday, leaving the country in political turmoil https://t.co/nMAowIHDaE pic.twitter.com/Oc7iRJYoTu
— Reuters (@Reuters) February 24, 2020
उता सत्तारुढ गठबन्धनको अर्को पार्टी, अनवर पार्टीका पनि ११ जना सभासद र ७ जना क्याबिनेट मन्त्रीहरुले नै राजिनामा गरेर स्वतन्त्र रहने बताएका छन् । मलेसियाका राजा सुल्तान अव्दुल्लाह सुल्तान अहमद शाहले पनि आइतवार नै महाथिर र अन्य नेताहरुलाई राजदरबारमा ल्याएर भेट गरेका छन् । अब मलेसियामा सरकारको स्वरुप कसरी कुन पार्टीलाई दिने, नदिने या संसद नै बिघठन गर्ने भन्ने निर्णय चाँही राजाको हुनेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको