Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

ईज्रेल र प्यालीस्टाइनको बस्तुभाउ आयात निर्यात बिवादको अन्त्य

१३ फाल्गुन २०७६, मंगलवार १६:००

विश्वका निकटतम छिमेकी तर घनघोर दुश्मन राष्ट्रहरु हुन्, ईज्रेल र प्यालीस्टाइन । एउटा देश ईज्रेल विश्वकै सर्वाधिक कान्छो राष्ट्र भनें प्यालीस्टाइन चाँही विश्वको पुरानो र एतिहासिक देश मध्य एउटा देश । मध्यपूर्वको मध्यमा जोर्डन नदिका दुई किनारामा फैलिएका यि देशहरुको बैमनस्यताको किस्साले विश्वका हरेक पत्रिका र खबर माध्यमहरु छाएकै हुन्छन् । ईज्रेलले प्यालीस्टाइनको कृषीजन्य उत्पादनहरु आयात गर्दैनथियो भनें प्यालीस्टाइनलाई ईज्रेलले पठाउने गाईको मासु बिफ आयात स्वीकार थिएन । कहिले ईज्रेलले बाढी पठाएर प्यालीस्टाइन पक्षका खेतका कोभी, बन्दा, टमाटर ध्वस्त बनाउथ्यो, कहिले ड्रोनले त्यहाँका ठूला नेताहरुको घरमा हमला गरेर मारिदिन्थ्यो त कहिले प्यालीस्टाइनले पनि क्षेप्यास्त्र ईज्रेलमा प्रहार नगरेको हैन । अक्षरस हेर्दा दुबै देशहरु दुश्मनीमा चुर्लुम्म डुबेका छन् यद्धपि हालै दुबै देशहरुले बस्तुभाउ आयात निर्यातको बिवाद भनें सुल्झाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यपूर्व योजना हरेक हिसाबले ईज्रेललाई मात्र फाइदा हुने खाले थियो, प्यालीस्टाइन लगायत अन्य मध्यपूर्वका केहि देशहरु यस योजनाबाट बेखुशी थिए । सेप्टेम्बरमा गाईको मासु ईज्रेलबाट ल्याएर आयात गरेर नखाने निर्णय प्यालीस्टाइनले गर्यो, त्यसपछि दुबै देशको आयात निर्यात प्रभावित हुदै गयो ।

प्यालीस्टाइनका अनुसार उस्ले हरेक महिना आयात गर्ने १२०,००० गाईहरु जुन ईज्रेलले पठाँउथ्यो, ति गाईहरु ईज्रेलले पनि अन्य देशबाट आयात गर्ने गरेकाले प्यालीस्टाइनले सोझै त्यस तेश्रो देशसंग गाई आयात गरेर आफ्नो ईज्रेलसंगको ब्यापार निर्भरता घटाउन खोजेको हो ।
यसका साथै ईज्रेलले आफ्नो शक्ति प्रयोग गर्दै रणनैतिक रुपमा आफ्नो मिनरल वाटर, फलफुल, तरकारी लगायतका कुराहरु पनि प्यालीस्टाइन पठाउने पूर्ति संयन्त्रमा कमी ल्यायो । प्यालीस्टाइन धेरै हदसम्म ब्यापारमा ईज्रेलसंग निर्भर छ, ईज्रेल धेरै बलियो र पहुँचवाला देश हो जो विश्वभरिका प्रभावशाली यहुदीहरुको एकमात्र आस्थाको केन्द्रभूमि पनि हो । अहिले आएर प्यालीस्टाइनले ईज्रेली गाईहरु आयात फेरि गर्ने भएको छ, आशा गरौं यि देशहरुको बिवादले अब मान्छेहरु नमरुन अनि शिघ्र जोर्डन खोलामा स्वच्छ पानी बग्न थालोस् ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले