नेपालको इन्टरनेट शुल्क कतिको महँगो छ त ?


पछिल्लो समयमा नेपालका प्रतिष्ठित व्यापारी बिनोद चौधरीले दक्षिण एसियामा नै नेपालले सर्वाधिक महँगो इन्टरनेट शुल्क लिएको तथ्य उठाँउदै आफ्नो कम्पनीको टेलीकम्यूनिकेशन भेन्चरले नेपालीजनमा निकै सुलभ र सस्तो इन्टनेट दिने बताएका थिए । के साँच्चै नेपाली इन्टरनेट शुल्क महँगो छ त? दक्षिण एसियाली मुलुकहरुमा अरु देशहरुको तुलनामा नेपालको इन्टरनेट शुल्क बिषयमा आज एउटा अन्वेषण गरौं ।

इन्टरनेट पहुँचका विषयमा तथ्यगत अनुगमन गरेको साइट कोड फर नेपालका अनुसार दक्षिण एसियामा माल्दिभ्स सर्वाधिक महँगो इन्टरनेट चलाउने देशमा पर्दछ, माल्दिभ्सको भौगोलीक पहुँच अनि सुमन्द्री अवस्थितिले यस शुल्क बढेको शुनसक्ने बताइन्छ । प्रतिमहिना ७५ डलर भन्दा बढि शुल्क तिरेर त्यहाँ इन्टरनेट चलाउनुपर्ने देखिन्छ जुन नेपाली रकममा हेर्दा ८६०० रुपैयाँ मासिक हुन आँउछ । यसपछि अफगानीस्तान, पाकिस्तान, बगंलादेश, भारत पछि श्रीलंका र नेपाल उस्तै उस्तै दरमा रहेको पाइन्छ । नेपालमा भारत भन्दा पनि कम मुल्यमा इन्टरनेट चलाएको देखिन्छ । अर्को एउटा अध्ययनले इन्टरेनेटको शुल्क १९६ वटा देशहरुमा दाँजेको थियो जहाँ ईरान सर्वाधिक सस्तो नेट पहुँच भएको देश पाइयो ।

नेपालमा भनें करिश १३४२ नेपाली रुपैंया प्रतिमहिनामा इन्टरनेट पाइने देखिन्छ ।

लाइभमाण्डु


Loading comments...