इजिप्टका पूर्व राष्ट्रपति होसनी मुवारकको मृत्यु


९१ वर्षका इजिप्टका पूर्व प्रधानमन्त्री होसनी मुवारकको फेब्रुअरी २५ तारिखमा कायरोको एउटा अस्पतालमा मृत्यु भएको छ । उन्का पुत्र ईलाको ट्वीटका अनुसार पिता मुवारकको हप्ता दिन अस्पतालमा भर्ना भएपछि मृत्यु भएको हो । ३० वर्ष इजिप्टमा एकछत्र राज गरेका मुवारकलाई सन् २०११ मा भएको आन्दोलनमा अपदस्त गरिएको थियो । मुवारक माथि करिब ८४८ जना आन्दोलनकारीहरुलाई मारेको आरोप छ , पछिल्लो समयमा अस्पतालको शैयावाटै उनी अदालतमा तारिख बुझाउन जाने गरेका थिए । बिभिन्न स्वास्थ समस्याले गाँजेको अरबमा ९१ वर्षिय वयोवृद्ध तर क्रुर शाषकको मृत्यु भएको हो ।

मुसलमान ब्रदरहुड अनि हमास, हजिवुल्लाह जस्ता संस्थाहरुसंग मुवारकको नाम समय समयमा जोडिएर आएको पनि थियो, मुवारकको मृत्युले एउटा निरकुंश शाषकको अन्त अनि अरबको एउटा शक्तिशाली नेताको अस्तको उद्घोष गरेको छ ।

लाइभमाण्डु


Loading comments...