Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सहित छ जनालाई ‘नइ पुरस्कार’

१४ फाल्गुन २०७६, बुधबार १६:५५

काठमाडौं, २०७६ फागुन १४ गते । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावहरूलाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारका राशि जनही साठी हजार रुपियाँ रहेका छन् ।

त्यसै गरी काठमाडै उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका श्रीमती दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग रहेर पनि नेपाली भाषासाहित्यमा सदैव समर्पित श्री महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी श्री सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ । यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपियाँ रहेका छन् ।

मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने छन् ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस