दिल्लीको दंगा अनि मोदीको आलोचना


नयाँ दिल्लीका बिभिन्न अस्पतालहरुमा भएका घाइतेको आँलकन अनि मृतकको गणना गर्दा कम्तिमा पनि २५ जनाको मृत्यु र सैयौं घाइते भएको अनुमान लगाइएको छ । बुधवार बाट प्रहरी र अर्धसैनिक निकायहरुले दंगाग्रस्त क्षेत्रहरुमा गस्ती गरेका छन् भनें त्यहाँ बिभिन्न क्षेत्रहरुमा निशेधाज्ञा नै जारी गरिएको छ ।

अश्रुग्यास, पेगलेट, रवर वुलेट लगायतका कुराहरु प्रयोग गरेर भिँड र दंगालाई रोक्न खोजिएपनि प्रशासनले दंगा रोक्न सकेन, विपक्षीहरुले प्रधानमन्त्री मोदीको यस विषयमा निकै विरोध गरेका छन् । कांग्रेस आई कि शिर्षस्थ नेत्री सोनिया गान्धीले त गृह मन्त्री अमित शाहको राजिनामा नै माग गरेकी छिन्, गृह प्रशासन दंगामा निकै कमजोर भएको र अल्पसंख्यकको सुरक्षा गर्न सरकार असक्षम भएको उन्को आरोप छ ।

८४ हजार प्रहारीको निगरानीमा रहेको दिल्लीमा केवल ४ दिनमा यत्रो हिंसा हुनु अचम्मको विषय भएको र सत्तापक्षले हिंसाप्रति आँखा चिम्लेको त हैन भन्ने आशंका पनि उव्जेको अलजजिराकी पत्रकार एलिजावेथ पुरानमले आफ्नो भिडियो रिपोर्टमा बताएकी छिन् ।
सरकारले ल्याएको बिवादास्पद नागरीकता संशोधन ऐनको समर्थन र बिरोधमा भएको दंगामा दिल्लीले अहिलेसम्मकै ठूलो साम्प्रदायिक दंगा झेलेको हो । छिमेकी राष्ट्रका मुसलमानहरुले चाँही अब भारतमा शरण पाउने छैनन, नागरीकता ऐनले भारतका अल्पसंख्यक मुसलमानहरुको भातृत्व भावलाई हनन गरेको आरोप लगाइएको छ ।
लाइभमाण्डु


Loading comments...