जताततै राजनैतिक पाटीको हात देख्छु र पो मन दुख्छ


subash Bhandari
सुबास भण्डारी

जताततै राजनैतिक पाटीको हात देख्छु र पो मन दुख्छ,
शक्तिको आडमा भएको अनियन्त्रीत मात देख्छु र पो मन दुख्छ

सुन्दर सपना लिई बिदेशिएका युवाहरु,
बन्द बाकसमा फर्किएको खात देख्छु र पो मन दुख्छ

सिङ्गो देशलाई टुक्रयाउन खोज्छन किन,
विवादका विषय धर्म, क्षेत्र अनि जात देख्छु र पो मन दुख्छ

गरिब दुखीले न्याय पाउन कठिन यहाँ,
पैसासँग न्यायको घनिष्ट साथ देख्छु र पो मन दुख्छ

बाहिरिले दुख दिदा बोल्ने होइन कोही,
आफनै दाजुभाईमा अन्तरघात देख्छु र पो मन दुख्छ

Loading comments...