अमेरिकाका नियो नाजीहरु


हिट्लर सर्मथित नाजीहरुको चलखेल विश्वमा निकै बढ्दै गएको छ, दोश्रो बिश्वयुद्धले निमिट्यान्न पार्न नसकेको नाजी दर्शन या शैलीलाई राइटिस्ट र र्याडीकल नेशनलीस्टका रुपमा पनि ब्याख्या गरिएको पाइन्छ । अमेरिकाका राष्ट्रपति ट्रम्प पनि फार राइटिस्ट र नेशनलीस्ट कहलिन्छन्, यूरोपका फार राइटिस्टलाई नाजीका रुपमा परिभाषित गरिएको पनि पाइन्छ ।

दोश्रो विश्वयुद्धका घटनाक्रमहरुलाई एकतर्फिय ब्याख्या गरिएको पाइन्छ, हिट्लरका दर्शनलाई नरसंहार र घृणा भन्दा माथि बसेर हेर्दा एउटा राष्ट्रवादी निरकुंश र बिस्तारवादी नेताका रुपमा पाइन्छ । हिट्लर आर्य र अनार्यको बिभेदमा बिश्वास राख्दथे, यहुदीहरुलाई यिनले उनीहरुको वर्ण या बिभेद मात्र नभई ब्यापार शैली र आर्थिक संयन्त्रको कव्जा गर्ने तवरका लागि कारवाही गरेको मात्र पनि हुनसक्दछ । हुन सक्दछ यहुदीहरुलाई कन्सनट्रेशन क्याम्पमा चलचित्र र पुस्तकमा देखाइएझैं मारिएको थिएन, कहिलेकाँही दोश्रो विश्वयुद्धको अनि त्यसपछिको इतिहास र घटनाक्रमबाट नै मेरो विश्वास उड्दछ ।

जे होस्, आज हिट्लर मारिएको या मरेको ७५ वर्ष पछि पनि नाजी समर्थन अनि चलखेल रोकिएको छैन् । हिट्लर जन्मेको घरको पोल्याण्डमा गरिएको संरक्षण देखि फिनल्याण्डमा वलियो नाजी सर्मथित पार्टीको विपक्षीमा स्थान अनि यूरोपका अन्य देशहरुमा चलिआएको फरा राइटिस्ट मुभमेन्ट , ह्वाइट सुप्रमेसीका आवाज र नाजी मुभमेन्टमा धेरै समानता अनि एकरुपता छ । शदियौं देखि यूरोपमा चलिआएको ह्वाइट सुप्रमेसीको संस्थाँ इग्लिश नेशनल लीगको पश्चिम यूरोपमा र सरकारमा भएको दबदबा यसको प्रमाण हो । अमेरिकामा अहिले अमेरिकी स्थानीयहरुले नै ठूला ठूला शहरहरुमा यहुदीका विरुद्धमा आन्दोलन गर्न थालेको छन्, यहुदी बिरोधीहरुलाई नाजी भन्ने हो भनें अमेरिकामा प्रशस्त नियो नाजीहरु देखापरेका छन् ।

टेक्सासका जोन सि डेन्टन केवल २६ वर्षका भए, नियो नाजी पार्टीका स्थानीय शाखाका मुख्य जोनलाई केहि अगाडि पक्राउ गरियो । उनलाई भर्जिनिया र आसपासका क्षेत्र अनि अमेरिका भरि नै टेलीफोन धम्की र बम आक्रमण त्रास फैलाएर यहुदी ब्यापारी घरानाहरुलाई त्रस्त बनाएको आरोप छ ।

जोनको घरपरिवारको तार र हाँगो कहिँकतै हिट्लरसंग जोडिन्न, उनी संभवत जर्मन गएका पनि छैनन तर उनी यहुदीहरुको बिरोधमा उत्रिएका स्थानीय अमेरिकी वासिन्दा हुन् । आखिर अब अमेरिकामा नै पनि यहुदी बिरोधी आवाजहरु बुलन्द हुन थालेपछि ७५ वर्ष अघि मारिएका हिट्लरका अनुयायीहरु अमेरिकामा नै नियो नाजीका रुपमा आउन थालेको हुन् भनेंर नकार्न सकिँदैन । अमेरिका सियटलमा पनि स्वस्ति चिह्न सहित घरघरमा यहाँहरुलाई अमेरिकी नाजी समुदायले भ्रमण गरेको जानकारी दिन चाह्यौं भनि पर्चाहरु बाँढिएको छ । यस्ता क्रमहरु अमेरिका, वेलायत र क्यानडामा पनि बढ्दा छन् तर यी नाजी सर्मथित क्रियाकलापमा स्थानीयहरुकै संलग्नतालाई चाँही आन्दोलन, सरकारप्रतिको असहमती या समानताको खोजि के भनिने हो, हेरिन बाँकी छ । अब पश्चिमा बिश्वमा फेरि समानताको नयाँ दौर त चलिरहेको छैन, यस भुसको आगोका बारेमा थप बुझिन र लेखिन जरुरी ठान्दछु ।

सुयोग ढकाल


Loading comments...